काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ शुरु  भएको नागरिक एपको सुविधा अब वेबसाइटमा समेत उपलब्ध भएको छ । यसअघि आईओएस र एन्ड्रोइडमा मात्र रहेको यो एप अब नागरिक एपको वेबसाइटमा समेत आएको हो ।

यद्यपि औपचारिक रुपमा वेबसाइटको सेवा सार्वजनिक भएको घोषणा भने भएको छैन । यसका लागि प्रयोगकर्ताले नागरिक एपको वेबसाइटमा गएर माथि दायाँतर्फ रहेको वेब एपमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि त्यहाँ रहेको सिटिजन लगईनमा गएर आफ्नो मोबाइल नम्बर र पासवर्ड राख्नुपर्ने हुन्छ । प्रयोगकर्ताले नागरिक एपको वेबसाइटमा गएर माथि दायाँतर्फ रहेको वेब एपमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि त्यहाँ रहेको सिटिजन लगईनमा गएर आफ्नो मोबाइल नम्बर र पासवर्ड राख्नुपर्ने हुन्छ । वेब एप खुलिसकेपछि मोबाइल एपमा उपलब्ध सबै सुविधाहरू त्यहाँ देख्न सकिन्छ ।

नागरिकता, राहदानी, मतदाता परिचयपत्र, स्थायी लेखा नम्बर (प्यान) जस्ता व्यक्तिगत विवरण राखेर नागरिक एपमा भेरिफाई गराइसकेपछि प्रयोगकर्ताले एपमा उपलब्ध सेवाहरू लिन सक्छन् । हाल नागरिक एपको वेब भर्सनमा पुलिस क्लियरेन्स रिपोर्ट लिने, प्यान प्राप्त गर्ने सुविधाका साथै कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष तथा कर्मचारी कोष नागरिक लगानी कोषमा रहेको आफ्नो बचत रकम र कारोबार विवरण हेर्न सकिन्छ ।

यति मात्र होइन, एसएलसी, प्लसटुको शैक्षिक प्रमाणपत्रका आवद्ध गराउनुका साथै जनगुनासो समेत टिपाउन सकिन सुविधा समेत वेब एपमा उपलब्ध ।

https://www.techpana.com/2021/104750/