सुमित्रा बजगाई सापकाेटा>>
अामा रुदै गाँऊबेशी मेलैमा
छाेरा रुदै गाेरखपुर रेलैमा (लयमा)
 
१.दशै अायाे भन्छन सबै छैन मुखमा हासाे
छाेरा कता अामा कता बिचमा एउटा पासाे।
 
२.बुढि भाकी अामा सधै गर्छिन गाउबेशी
सहारा नि काेहि छैन छाेरा परदेशी।
 
३.घरमा एक्ली अामा पनि डाडा माथि जून
परदेश गाकाे छाेरा थाल्याे संम्झीसंम्झी रुन।
 
४. यसपालीकाे दशैमा छाेरा अाउला भनी
बसेकाे थिईन बुढि अामा खुसिकाे दिन गनि।
 
५. अाउन पाईन भन्छ छाेरा गाेली लाग्या घाउले
मन बुझाउनु मेरी अामा बिदा दिएन साउले।
 
६. परदेशबाट छाेरा अाउने मर्याे मनकाे अाश
खाना लाउन छैन कठै पाटिमा भाे बाँस।
 
७.अामाकाे याे हालत सुनी अाउछ छाेरा भागि
जन्मदिने जननीकाे मुख हेर्नकाे लागि।
 
८.लडिछिन है बाटातिर बेहाेसमा परि
बिदा भईन संसारबाट उनी सधैभरि।
 
९.छाेरा अाउदा भन्छन सबै अलि ढिला भयाे
छाेराछाेरा भन्दै तिम्राे अामाकाे सास गयाे।
 
         अामा भने चितामा हुरुरु छाेरा एक्लै रुदैछ धुरुरु।
 
१०. बियाेगकाे पिडामा हिडे पागल सरि
लडेछन नि बाटाे तिर एक्सिडेन्टमा परि।
 
११.अामा छाेरा दुबैकाे भयाे एकै चिहान
मन सम्हाल्न नसकेर गयाे दुवै ज्यान।
 
अामा छाेरा एउटै चितामा जले हजुर दाउराकाे सिटामा।
                                                         समाप्त