काठमाडौं । ‘डोमेन नेम’ (डोमेनको नाम) तपाईँको डिजिटल उपस्थितिको मेरुदण्ड हो । विशेष गरी यदि तपाईं आफ्नो डिजिटल उपस्थितिमा आफ्नो व्यवसाय गर्न खोज्दै हुनुहुन्छ भने ‘डोमेन नेम’ निकै महत्वपूर्ण हुन्छ ।
‘डोमेन नेम’ एउटा वेबसाइटको भौतिक नाम हो । तपाईँको भौतिक ठेगाना वा फोन नम्बर जस्तै, डिजिटल संसारमा दुई समान ‘डोमेन नेम’ हुन सक्दैनन् ।
‘डोमेन नेम’ लाई आईपी एड्रेसको पोइन्टर भनेर पनि बुझ्न सकिन्छ | तपाईले आफ्नो ब्राउजरको एड्रेस बारमा सर्च गर्ने ‘डोमेन नेम’ (जस्तै facebook.com ) को आईपी एड्रेस (69.63.184.142) लाई ब्राउजर (क्रोम, एज, फायरफक्स आदी ) ले पहिचान गर्छ र सम्बन्धित वेब पेजमा पुर्याउँछ ।
‘डोमेन नेम’ भनेको मानिसहरूलाई तपाईंको वेबसाइटमा पहुँच राख्न सजिलो बनाउनको लागि हो । त्यसैले यो सरल र सजिलै याद गर्न सकिने किसिमको राख्दा उपयुक्त हुन्छ ।
‘डोमेन नेम’ गोड्याडी (godaddy.com), ओहो डोमेन (Ohodomain.com) जस्ता अनलाइन मार्केटमा गएर किनबेच गर्न पनि सकिन्छ । राम्रो ‘डोमेन नेम’को महत्त्व धेरै छ र त्यसको अभाव पनि | राम्रा डोमेन नामहरूको बजारमा उच्च माग छ । केही ‘डोमेन नेम’ लाखौँ डलरमा बिक्री हुन्छन् ।
‘डोमेन नेम’का ३ भाग
कुनै पनि वेब पेज जस्तै ‘www.example.com’ मा ‘.com’ टप लेभल डोमेन, ‘example’ सेकेन्ड लेभल डोमेन र ‘www’ सब डोमेन हो । ‘टप लेभल डोमेन’लाई ‘एक्स्टेन्सन’ पनि भन्ने गरिन्छ । केही धेरै प्रयोग हुने ‘टप लेभल डोमेन’ (TLD) यस्ता छन् ।
१. ‘.com’
२. ‘.net’
३. ‘.org’
४. ‘.edu’
देश अनुसार ‘टप लेभल डोमेन’ फरक फरक पनि हुन सक्छन् । जस्तै;
१. ‘.au’ (अस्ट्रेलिया)
२. ‘.ca’ (क्यानाडा)
३. ‘.de’ (जर्मनी)
४. ‘.np’ (नेपाल)
‘सेकेन्ड लेभल डोमेन’ टप लेभल डोमेन (TLD) सँग जोडिने तपाईको डोमेन नाम हो । जस्तै,
१. example.com
२. example.net
३. example.np
‘सब डोमेन’
‘सब डोमेन’ ठुलो डोमेनको एउटा अंश मात्र हो, यो वैकल्पिक हुन्छ ।
२. mail.google.com
३. drive. google.com