काठमाडौं । यदि तपाईंले पछिल्लो समयका समाचारहरू हेर्दै आउनु भएको छ भने पक्कै पनि फेसबुकको समाचार पनि सुन्नु भएकै होला । फेसबुक स्वयम्‌लाई उसको इन्स्टाग्राम जस्ता सेवाका कारण किशोर किशोरीमा चोट पुगेको विषयको जानकारी छ ।

फेसबुकको आन्तरिक अनुसन्धान प्रतिवेदनमा झुटा सूचनाहरूसँग लड्ने सन्दर्भमा देखिएका कम्पनीका कमजोरीको विषय समेत उल्लेख भएको छ । मङ्गलबार फेसबुकका सीईओ मार्क जकरबर्गले एउटा पोस्टमार्फत त्यसउपर आफ्नो प्रतिक्रिया समेत जनाएका छन् ।

यदि तपाईं सामाजिक सञ्जालको जारी विवादको विषयमा सहमत हुनुहुन्छ भने आफ्नो सामाजिक सञ्जाल अकाउन्ट सधैँका लागि डिलिट  गर्ने विकल्प तपाईंसामु छ । यहाँनिर बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने तपाईंको फेसबुक अकाउन्ट डिलिट गर्नु र डिएक्टिभ गर्नुमा फरक छ ।

डिएक्टिभ गर्दा तपाईंको फेसबुक अकाउन्ट अस्थायी रुपमा फ्रिज हुनेछ । यदि तपाईं केही छोटो समयका लागि फेसबुकबाट बाहिर रहन चाहनुहुन्छ भने डिएक्टिभेट गर्ने विकल्प तपाईंका लागि उपयोगी हुनसक्छ ।

तर कम्पनीलाई आफ्नो अनलाइन गतिविधि ट्रयाक गर्नबाट रोक्नेतर्फ भने यो प्रयासको कुनै अर्थ छैन । पूर्णतः फेसबुकसँग सम्बन्ध विच्छेद गर्नको लागि तपाईंको आफ्नो अकाउन्ट डिलिट गर्ने भन्दा अर्को विकल्प छैन ।

फेसबुक अकाउन्ट डिलिट गर्दा यसैसँग जोडिएको तपाईंको फेसबुक मेसेञ्जर समेत सधैँका लागि बन्द हुनेछ । यदि फेसबुककै अन्य सेवाहरू इन्स्टाग्राम र ह्वाट्सएपबाट समेत अलग्गिन चाहनुहुन्छ भने त्यसमा छुट्टा छुट्टै रुपमा आफ्नो अकाउन्ट डिलिट गर्न सक्नुहुनेछ ।

तर यहाँ अकाउन्ट डिलिट गर्ने दिशामा अगाडि बढ्नु अघि विचार पुर्‍याउनैपर्ने केही कुराहरूको बारेमा बताउँदै छौँ । त्यसका लागि समय र धैर्यता आवश्यक पर्छ ।

१. तपाईंको फोन वा ट्याब्लेटबाट फेसबुक एप डिलिट गर्नुहोस्

पहिलो चरणमा आफ्नो स्मार्टफोन वा ट्याब्लेटबाट फेसबुक एप डिलिट गर्नुहोस् । ख्याल गर्नुहोस्, फेसबुक एप डिलिट गर्नुको अर्थ तपाईंको फेसबुक अकाउन्ट डिलिट हुनु भने होइन । त्यसपछि पनि तपाईंले ब्राउजर वा अन्य एपबाट आफ्नो फेसबुक लगइन गर्न तथा प्रयोग गर्न सक्नुहुन्छ । तपाईंको फोनको स्क्रिनबाट फेसबुकको आइकन हटाउनुको अर्थ तपाईंको नजरबाट त्यसलाई पन्छाउनु मात्रै हो । तर यसले तपाईंको समग्र अकाउन्टमा कुनै फरक पर्दैन । तपाईंले सुनिश्चित हुनुपर्ने कुरा यही हो कि तपाईंले यीनै चरणहरू अपनाउन खोज्नु भएको हो वा होइन । यति गरेपछि पनि फेसबुकले तपाईंको अनलाइन गतिविधिमा निगरानी गर्न भने छोड्दैन । 

२. मेसेजिङ वा सामाजिक सञ्जालको विकल्प रोज्नुहोस्

विचार पुर्‍याउनुहोस्, जब तपाईं आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्नुहुन्छ, त्यससँगृै तपाईंको मेसेञ्जरको पहुँच पनि त्यससँगै जानेछ । यसको अर्थ तपाईंले मेसेञ्जरबाट नियमित सम्पर्कमा रहने वा कुराकानी गर्ने व्यक्तिहरूसँग अन्य एप तथा मेसेजिङ सेवाहरूमार्फत जोडिन नभुल्नुहोस् ।

यस्तै अवधारणा फेसबुकमा जोडिएका साथीहरूको हकमा समेत आत्मसाथ गर्नुहोस् । आफ्नो अकाउन्ट सधैँका लागि डिलिट गर्नुभन्दा केही दिन अघि नै त्यसको जानकारी दिँदै फेसबुकमा स्टाटस पोस्ट गर्नुहोस् ।

त्यसमा  सम्पर्कमा रहिरहन चाहनेहरूलाई आफ्नो सम्पर्क उपलब्ध गराउन अनुरोध गर्नुहोस् । फेसबुकले गुगल फोटोज, ड्रपबक्स जस्ता साइटमा तपाईंलाई आफ्नो फोटो, भिडिओ, नोट र पोस्ट ट्रान्सफर गर्ने विकल्प पनि दिन्छ ।

३. अन्य एप तथा लगइनबाट आफ्नो फेसबुक अकाउन्ट डिसकनेक्ट गर्नुहोस्

स्पोटीफाई, डोरड्याश जस्ता थर्ड-पार्टी डेभलपरले आफ्ना सेवाहरूका लागि तपाईंलाई फेसबुक अकाउन्टबाट साइन इन र लगइन गर्ने विकल्प दिने गर्दछन् । यो सहज पनि हुन्छ, किन कि अतिरीक्त पासवर्ड सम्झिरहनुपर्ने झन्झट यसमा हुँदैन ।

त्यसैले यदि तपाईंको फेसबुक अकाउन्ट नै नरहने भएपछि त्यस्ता अकाउन्टमा पनि तपाईंको पहुँच समेत गुम्न सक्छ । त्यसैले त्यस्ता अकाउन्टहरूमा लगइन गरी एक एक गरी त्यस्ता अकाउन्टलाई फेसबुकबाट अलग्याउनुपर्ने हुन्छ ।

तपाईंको फेसबुक अकाउन्टसँग जोडिएका एपहरूको सूची फेला पार्नका लागि तपाईंले सुरुमा आफ्नो फेसबुक लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि सेटिङ हुँदै एप्स एन्ड वेबसाइटमा जानुहोस् ।

यदि तपाई फेसबुक अकाउन्टबाट ती एप तथा सेवाहरूलाई कसरी अलग्याउने भन्ने विषयमा कठिनाई महसुस  गरिरहनु भएको छ भने सहयोगका लागि सम्बन्धित कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस् । एकपटक तपाईंले यो काम गरिसकेपछि निम्न चरणहरू पच्छ्याएर आफ्नो फेसबुकमा रहेका सबै डेटा डाउनलोड गर्नुहोस् ।

-कम्प्युटरबाट आफ्नो फेसबुक लगइन गर्नुहोस्

-सेटिङ हुँदै योर फेसबुक इन्फरमेसनमा पुग्नुहोस् ।

-भ्यूमा क्लिक गर्नुहोस् अनि डाउनलोड योर इन्फर्मेसन लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।

-योर इन्फर्मेसन अन्तर्गत सबै बक्सहरूलाई चेकमार्क अर्थात टिक मार्क लगाउनुहोस् ।

-डेटा रेञ्जलाई अल अफ माई डेटामा राख्नुहोस् ।

-लिभ द फर्म्याट सेट टु एचटीएमएलमा राख्नुहोस्, ता कि तपाईंका सबै डेटा सजिलै नेभिगेट गर्न सकिने ढाँचामा सेभ भएर रहनेछन् ।

फेसबुकमा पोस्ट गरिएका फोटो तथा भिडिओलाई गुच्च गुणस्तरीय रुपमा सेभ गर्न मिडिया क्वालिटीमा गएर मिलाउनुहोस् र ‘मिडियम’ बाट ‘हाई’मा राख्नुहोस् । अन्तिममा क्रियट फाइलमा क्लिक गर्नुहोस् ।

त्यसपछि फेसबुकले तपाईंका सबै सूचनाहरूलाई संकलन गर्न सुरु गर्छ र डाउनलोडका लागि तयार भएपछि तपाईंलाई ईमेलमार्फत पठाउनेछ । यसका लागि केही समय लाग्न सक्छ । किन भने यो तत्कालै सम्पन्न हुने प्रक्रिया होइन । 

४. अन्तिममा आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्नुहोस्

अब अन्तिम चरणमा आफ्नो अकाउन्ट डिलिट गर्ने दिशामा अगाडि बढ्नुहोस् । यसका लागि यहाँ क्लिक गरी साइन ईन गर्नुहोस् । फेसबुकले तपाईंलाई सम्पन्न गर्नुपर्ने केही कामको सूची दिनेछ र अकाउन्ट डिलिट गर्नुअघि विचार गर्नुपर्ने विषयहरू समेत सम्झाउनेछ ।

उदाहरणको लागि तपाईंका सम्पूर्ण सूचना डाउनलोड गर्ने सुझाव हुनसक्छ । अथवा कुनै पेजमा तपाईं एक्लो एड्मिन हुनसक्नुहुन्छ, त्यस्तोमा तपाईंले अर्को अकाउन्टलाई एड्मिनको लागि अनुरोध गर्न सक्नुहुन्छ ।

अन्यथा तपाईंको अकाउन्टसँगै त्यस्तो पेज समेत डिलिट हुनेछ । अन्ततः तपाईं तयार हुनुहुन्छ ? त्यसो हो भने डिलिट अकाउन्ट लेखिएको स्थानमा क्लिक गर्नुहोस् र आफ्नो पासवर्ड राखेर कन्टिन्युमा क्लिक गर्नुहोस् ।

त्यसपछि अन्तिममा डिलिट अकाउन्टमा क्लिक गरेर यो प्रक्रियालाई टुङ्ग्याउनुहोस् ।

५. फेसबुकप्रतिको धारणा परिवर्तन गर्न ३० दिनसम्मको समय

फेसबुकले ततपाईंको सबै अकाउन्ट डेटा आफ्नो सर्भरबाट सम्पूर्ण रुपमा मेटाउन ० दिनसम्मको समय लगाउने गर्दछ । त्यसमध्ये पहिलो ३० दिनको समयसम्म तपाईंले आफ्नो फेसबुक अकाउन्टमा साइन इन गर्न र अकाउन्ट डिलिट गर्नका लागि पठाएको अनुरोध रद्द गर्न सक्नुहुन्छ ।

यसो गर्दा तपाईंको अकाउन्ट पुनःस्थापित हुनेछ । आफ्नो अकाउन्ट डिलिट गर्न पठाइएको अनुरोध रद्द गर्न आफ्नो फेसबुक लगइन गर्नुहोस् र क्यान्सिल डिलिटेसन बटन दबाउनुहोस्  ।

https://www.techpana.com/2021/105175/