काठमाडौं । जिमेलमा राखेको प्रोफाइल फोटो फेसबुकको प्रोफाइल फोटोजस्तो चर्चित हुन्न । धेरैले जिमेलको प्रोफाइल फोटोको ध्यान पनि दिएका हुँदैनन् । गुगलले जिमेलमा राखिने प्रोफाइल फोटोको लागि एउटा नयाँ विकल्प ल्याएको छ- एलुस्ट्रेटर ।

यो टुलको मद्दतमा प्रयोगकर्ता आफैंले जिमेलमा आफूले चाहेको जस्तो प्रोफाइल फोटो बनाउन सक्छन् ।

प्रयोगकर्ताले आफ्नो डिभाइस वा गुगल फोटोजमा भएका फोटो मात्र प्रयोग गर्न पाउने होइन कि आफैंले एलुस्ट्रेसन निर्माण गरी प्रोफाइल फोटो बनाउन सक्छन् । 

आज हामी तपाईंलाई जिमेलमा आफूले चाहेको प्रोफाइल फोटो कसरी राख्ने भनेर बताउँदै छौं ।

यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् :

१. आफ्नो मोबाइलमा जिमेल एप खोल्नुहोस् । 

२. एपको दायाँपट्टि माथिल्लो भागमा रहेको प्रोफाइल फोटोमा ट्याप गर्नुहोस् ।

३. तपाईंको एपमा एकभन्दा बढी जिमेल अकाउन्ट जोडिएको छ भने कुन चाहिँ अकाउन्टको प्रोफाइल फोटो परिवर्तन गर्ने हो त्यो अकाउन्टमा ट्याप गर्नुहोस् ।

४. ‘डिफल्ट’ अभतारमाथि रहेको क्यामेराको सानो चिन्हमा ट्याप गर्नुहोस् ।

५. अब आफूलाई चाहिएको चित्रहरु छानेर प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् ।

यहाँ एलुस्ट्रेसनसहित तपाईंले आफ्नो मोबाइलमा रहेको वा गुगल फोटोजमा रहेको फोटोहरु छानेर पनि प्रोफाइल फोटो बनाउन सक्नुहुन्छ । 

एलुस्ट्रेसन ट्याबमा भने दर्जनौं फोटोहरु हुन्छन् जसलाई तपाईं आफैंले पनि परिवर्तन गरी विभिन्न आकार प्रकारमा ढाल्न सक्नुहुन्छ । 

https://www.techpana.com/2021/105399/