काठमाडौं । पछिल्लो समय ह्याकिङका घटना बढिरहेका छन् । नेपालमा पनि कोभिड-१९ सँगै ह्याकिङका धेरै घटना देखिए । यस्ता धेरै घटना कम्प्युटर ह्याकिङसँग सम्बन्धित छन् ।

कम्प्युटर ह्याकिङ अर्थात कम्प्युटर वा कम्प्युटरमा आधारित प्रणालीहरू, कार्यक्रम, सूचना वा तथ्याङ्कमा बिना कुनै जानकारी पहुँच प्राप्त गर्नु हो । यसरी ह्याकरले कम्प्युटर ह्याकिङ गरिसकेपछि कम्प्युटर प्रणालीलाई अवरुद्ध गर्ने, डेटाको स्वरूप परिवर्तन गर्ने, नष्ट गर्ने, डेटा बिक्री गर्ने लगायतका कार्य गर्न सक्छन् ।

यस्ता ह्याकिङका घटनाबाट सुरक्षित रहन आवश्यक हुन्छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको जानकारी आधारमा यहाँ हामी तपाईँहरूलाई कम्प्युटर ह्याक त भएको छैन भनी हेर्न सिकाउँदै छौं ।

कम्प्युटर ह्याकिङ भएको कसरी थाहा पाउने त ?

१. कम्प्युटरमा तपाईंको जानकारी बिना प्रोग्रामहरू इन्स्टल भएको देखिएमा साथै, कम्प्युटर अन गर्ने बित्तिकै त्यस्ता प्रोग्रामहरू स्वतः स्टार्ट हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोजेमा ।

२. असामान्य रुपमा कम्प्युटरको Performance घट्ने, CPU/RAM को Usage बढ्ने तथा कम्प्युटर बेला बेलामा नचल्ने/ स्वत बन्द हुने भएमा ।

३. अनावश्यक रुपमा वेबसाइटहरुमा Redirect/Visit हुने, विभिन्न सफ्टवेयर आफै डाउनलोड हुने बारम्बार पप अफ विन्डोज आइरहने भएमा ।

४. कम्प्युटर धनीको ईमेल खाताबाट वा सामाजिक सञ्जाल खाता (Social Media Account) बाट तपाईंको जानकारी विना धेरै इमेल वा सन्देश (Messages) पठाइएको पाइएमा ।

५. तपाईंको जानकारी/अनुमति बिना Intemet Browser को  Home page परिवर्तन भएमा ।

६. विन्डोज फायरवाल, एन्टिभाइरस, टास्क म्यानेजर र रजिस्ट्री इडिटर स्वतः डिसेवल भएको पाइएमा ।

७. आफ्नो पासवर्डले काम गर्न छोडेमा ।

८. आफ्नो पासवर्ड कुनै पब्लिक डोमेनमा प्रकाशित भएको पाइएमा ।

९. अस्वभाविक रुपमा धेरै इन्टरनेट ब्याण्डविथको खपत भएको पाइएमा र इन्टरनेट स्लो भएमा ।

१०. यदि “You’ve been hacked ” जस्तो  म्यासेज प्राप्त भएमा ।

११. आफ्नो इमेल आदिमा फिरौती रकम माग गरी र्‍यानसमवेयर ईमेल सन्देश प्राप्त भएमा ।

१२. ब्राउजरमा अनावश्यक टुलबारहरु देखिएमा । 

https://www.techpana.com/2021/105409/