काठमाडौं । फेसबुकको लागि ‘अनफलो एभ्रिथिङ’ टुल (सबैलाई एकैपटक अनफलो गर्ने यन्त्र) विकास गर्ने डेभलपर लुइस बार्क्लेलाई कम्पनीले सधैँको लागि प्रतिबन्ध लगाएको छ । फेसबुक प्रयोगकर्ताले आफ्नो न्युज फिडमा मन नपरेको पोस्टलाई कहिल्यै देख्न नमिल्ने गरी अनफलो गर्न मिल्ने फिचर उनले विकास गरेका छन् ।

फेसबुकमा भएका साथी, ग्रुप अथवा कुनै पेजलाई अनफलो गरेपछि उनीहरूका गतिविधि तथा सामग्रीहरू आफ्नो न्युज फिडमा कहिल्यै पनि नदेखिने गर्न मिल्ने फिचर उनले बनाएका हुन् । यो टुल प्रयोग गर्दा साथीहरूलाई अथवा कुनै पेजलाई अनफ्रेन्ड अथवा अनलाइक नगरी अनफलो मात्र गरेर पनि उनीहरूको गतिविधि कहिले पनि आफ्नो टाइम लाइनमा नदेखिने बनाउन सकिन्छ ।

यही टुलका कारण फेसबुकले न्युज फिडको अन्तरक्रियालाई प्रभावित पारेको आरोपमा आफूलाई प्रतिबन्ध लगाएको भन्दै लुइसले आफ्नो ब्लगमा लेखेका छन् । उनको ब्लगको प्रतिक्रिया दिँदै फेसबुकले कम्पनीको नियम उल्लंघन गरेको भन्दै फेसबुक र इन्स्टाग्रामबाट सधैँको लागि प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धमा परेपछि आफूबाट फेरि यस्तो कुनै पनि टुल निर्माण नगर्ने प्रतिबद्धता कम्पनीले मागेको उनले बताएका छन् । उनले विकास गरेको यो टुल हाल  प्रयोगमा छैन । यस विषयमा हाल फेसबुकले भने कुनै प्रतिक्रिया दिएको छैन ।

https://www.techpana.com/2021/105546/