काठमाडौं । आईफोनको सस्तो मोडल आईफोन एसई पनि प्रयोगकर्तामाझ निकै लोकप्रिय छ । सानो स्क्रिन र राम्रो फिचरसहित सस्तो मूल्यमा उपलब्ध हुने भएकाले पनि एसई मोडल लोकप्रिय बनेको हो ।

एप्पलले हालसम्म एसईको दुई मोडल सार्वजनिक गरिसकेको छ । अब भने कम्पनीले आइफोन थर्टिनमा प्रयोग भएको ए फिफ्टीन बायोनिक चिपसहित एसई मोडल सार्वजनिक गर्ने चर्चा चलेको छ ।

हालसम्म विभिन्न माध्यमबाट बाहिरिएको चर्चामध्ये आईफोन एसई थ्रीमा आइफोन थर्टिन मै प्रयोग भएको ए फिफ्टीन बायोनिक चिप प्रयोग हुनेछ र यसले फाइभजी समेत सपोर्ट गर्नेछ ।

आइफोनले सात वर्ष पहिलो सस्तो मोडल सार्वजनिक गरेको थियो । हालसम्म पनि एसईको बाहिरी आवरणमा खासै ठूलो परिवर्तन गरिएको छैन ।

एसई थ्री मोडलको पनि डिजाइनमा खासै ठूलो परिवर्तन नहुने हालसम्म बाहिरिएको तथ्यमा दाबी गरिएको छ ।  आगामी वर्ष सार्वजनिक हुने एसईको फाइभजी मोडल पनि फोजी एलटीई मोडलको डिभाइन भन्दा खासै फरक नहुने दाबी गरिएको छ ।

एसई मोडलको पहिलो जेनेरेसन आईफोन सिक्स एसको हार्डवेयर र आइफोन फाइभ एसको सफ्टवेयरमा आधारित थियो ।

यस्तै, एप्पलले सन् २०२० मा सार्वजनिक गरेको एसई मोडलको दोस्रो जेनेरेसन आइफोन इलेभेनको प्रोसेसर र आईफोन एटको सफ्टवेयरमा आधारित रहेर डिजाइन गरिएको थियो ।

आगामी वर्ष सार्वजनिक हुने आईफोन एसईको तेस्रो जेनेरेसनमा पनि ४.७ इन्च स्क्रिनमा आधारित हुने धेरैको अनुमान छ ।

https://www.techpana.com/2021/105563/