काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई-टिकटिङ लागू गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयको जिम्मेबारी लिएसँगै आइतबार पहिलो पटक मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूको छलफल कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा मन्त्री आलेले निगमलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

उनले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवा पूर्णरुपमा विद्युतीय माध्यममा आधारित हुनुपर्ने बताएको छन् । उनले भने, ‘निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो रुपमा प्राप्त गर्न सक्नेगरी विद्युतीय माध्यमबाट जानकारी दिने व्यवस्था गर्नुस् ।’

यसका साथै उनले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमलाई बचाइ राख्नका लागि सबैले हातेमालो गर्दै काम गर्नु पर्ने समेत बताएका छन् । 

https://www.techpana.com/2021/105677/