काठमाडौं । फोटो सेयरिङ साइट इन्स्टाग्रामले आफ्नो सेवा प्रभावित हुँदा तत्कालै प्रयोगकर्तालाई जानकारी दिने फिचर परीक्षण गरिरहेको जनाएको छ ।

आफ्नो सेवा प्रभावित हुँदा प्रयोगकर्तालाई न्युजफिडमै जानकारी दिने फिचरको परीक्षण भइरहेको कम्पनीले जानकारी दिएको हो ।

यो फिचरको अहिले अमेरिकी प्रयोगकर्तामाझ परीक्षण भइरहेको र केही समय परीक्षणकै रूपमा रहने कम्पनीले जनाएको छ ।

गत साता फेसबुक सहित म्यासेन्जर, इन्स्टाग्रामका सेवा घण्टौंसम्म अवरुद्ध हुँदा विश्वभरका प्रयोगकर्ताहरू आफ्नो इन्टरनेट कनेक्सनमा समस्या भएको ठानेर झुक्किएका थिए ।

भविष्यमा यस्तो समस्या आउँदा प्रयोगकर्ताहरू नझुक्किउन् भन्नका लागि कम्पनीले यस्तो फिचरको परीक्षण सुरु गरेको अनुमान गरिएको छ ।

https://www.techpana.com/2021/105746/