काठमाडौं । केही समयअघिमात्रै एप्पलले आईफोन १३ सिरिज सार्वजनिक गर्‍यो । आईफोन १३ को चर्चा नसकिँदै कम्पनीले आउँदो सोमबार अर्थात् अक्टोबर १८ मा अर्को इभेन्ट घोषण गरेको छ ।

उक्त इभेन्टमार्फत कम्पनीले आफ्नै एप्पल सिलिकन चिप्समा आधारित म्याक कम्प्युटर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । अघिल्लो वर्ष कम्पनीले ‘एम वान’ चिपमा आधारित म्याकबुक एयर, म्याकबुक प्रो, म्याक मिनी र आईम्याक कम्प्युटरको नयाँ संस्करण जारी गरको थियो ।

कम्पनीले गत वर्षमात्रै ‘एम वान’ सञ्चालित आईप्याड प्रो पनि जारी गरेको थियो । कम्पनीको आगामी कार्यक्रम अघिल्लो कार्यक्रम जस्तो भने हुने छैन ।

किनभने उक्त कार्यक्रममा कम्पनीले एप्पल वाच, आईप्याड र आईफोन १३ सार्वजनिक गरेको थियो ।

शपिङ सिजनअगाडि उक्त प्रडक्ट सार्वजनिक भएकाले एप्पलका प्रडक्टको बिक्री उल्लेख्य रुपमा बढेको थियो, जसकारण कम्पनीले इतिहासमै सबैभन्दा धेरै नाफा कमाएकाे थियो । 

https://www.techpana.com/2021/105774/