काठमाडौं । अक्सर प्रयोगकर्ताले आफ्नो पुरानो फोन बिक्री गर्नु अघि आफ्नो सिम र मेमोरी कार्ड मात्रै निकाल्ने गर्दछन् । तर आफ्ना महत्वपूर्ण आईडी लगआउट गर्न बिर्सिरहेका हुन्छन् ।

जसबाट उनीहरुको गोप्य डेटामाथि खतरा पैदा हुन्छ । यदि तपाईं पनि आफ्नो पुरानो मोाबइल बिक्री गर्ने कुरा सोचिरहनु भएको छ भने आज हामी तपाईंलाई केही कामका कुरा बताउँदै छौं । जसबाट तपाईंको निजी जानकारी लिक हुनबाट जोगिनेछ ।

फ्याक्ट्री रिसेट गर्नुहोस्

मोबाइल बिक्री गर्नु अघि फ्याक्ट्री रिसेट गर्न नभुल्नुहोस् । यसो गर्दा तपाईंको मोबाइलमा भएका सबै डेटा डिलिट हुनेछन् ।

साथै गुगलदेखि इन्स्टाग्रामसम्मका सबै आईडी समेत लगआउट हुनेछन् । फ्याक्ट्री रिसेट गर्नका लागि फोनको सेटिङमा जानुहोस् ।

त्यहाँ तपाईंले ब्याकअप एण्ड रिसेटको अप्सन देख्न सक्नुहुनेछ । त्यसमा ट्याप गर्नुहोस् । यति गरेपछि फोनमा फ्याक्ट्री रिसेट हुनेछ ।

ब्याकअप राख्न नछुटाउनुहोस्

मोबाइल बिक्री गर्नु अघि आफ्ना महत्वपूर्ण डेटाको ब्याकअप तयार पार्नुहोस् । यसबाट तपाईंको डेटा कुनै कारण डिलिट वा लिक हुनेछैन ।

ब्याकअप तयार पार्नका लागि सबैभन्दा मोबाइलको सेटिङमा जानुहोस् र त्यहाँ रहेको ब्याकअपको विकल्प छान्नुहोस् । त्यसपछि तपाईंको डेटा गुगल ड्राइभमा गएर सेभ हुनेछ ।

गुगल अकाउन्ट लगआउट गर्नुहोस्

मोबाइल बिक्री गर्नु अघि आोफ्नो गुगल अकाउन्ट लगआउट गर्न नबिर्सिनुहोस् । यसबाट तपाईंको निजी जानकारी सुरक्षित हुनेछ ।

गुगल अकाउन्ट लगआउट गर्नका लागि आफ्नो मोबाइलको सेटिङमा जानुहोस् र त्यहाँ रहेको युजर एण्ड अकाउन्ट विकल्प छान्नुहोस् ।

त्यसमा गएपछि तपाईंले रिमुभको विकल्प देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् र आफ्नो गुगल अकाउन्ट फोनबाट हटाउनुहोस् ।

अनि अन्त्यमा

स्मार्टफोन बिक्री गर्दाको समय आफ्नो फोनको बिल, एक्सेसरीज र बक्स समेत साथमा दिनुहोस् । यसबाट तपाईंको सम्भावित ग्राहकमा पुरानो मोबाइलप्रति राम्रो छवी बन्नेछ । जसले गर्दा पुरानो फोनले राम्रो मूल्य पाउने संभावना समेत निकै बढ्न सक्छ ।

https://www.techpana.com/2021/87485/