काठमाडौं । पछिल्लो समय म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमो लगायतका ओटीटी सेवाको प्रयोग बढिरहेको छ । यसले विस्तारै दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराउने भ्वाइस कल सेवालाई विस्थापित गर्नसक्ने आँकलन गरिएको छ ।

यद्यपि दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराउने मोबाइल कलको प्रयोगमा कमी आएको छैन । हाल नेपालमा भ्वाइस कल सेवा उपलब्ध गराउनका लागि ६ वटा सेवाप्रदायकले अनुमति पाएका छन् ।

तर, त्यसमध्ये तीन सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मात्रै सेवा उपलब्ध गराइरहेका छन् ।

यसरी सेवा उपलब्ध गराउनेमध्ये तीनवटै कम्पनीको भ्वाइस कलको दस्तुर भने फरक–फरक छ । सेवाप्रदायकले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट कल गर्दा लाग्ने दस्तुर स्वीकृत गराउनुपर्ने हुन्छ ।

प्राधिकरणबाट गत असार मसान्तसम्म सेवाप्रदायकले स्वीकृत गराएको भ्वाइस सेवाको दस्तुरका आधारमा कुन सेवाप्रदायकबाट कल गर्दा कति लाग्छ भन्ने विषयमा यहाँ जानकारी दिँदैछौं ।

नेपाल टेलिकम

टेलिकमबाट टेलिकममा प्रति मिनेट (रु.)
प्रिपेड टेलिकमका सबै नम्बरमा १.५०
पोस्टपेड टेलिकमका सबै नम्बरमा (पिक आवर) १.००
पोस्टपेड टेलिकमका सबै नम्बरमा (अफ पिक आवर) ०.५५
नेपाल टेलिकमबाट एनसेलमा प्रति मिनेट शुल्क (रु.)
पीएसटीएन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेड प्रिपेड/पोस्टपेड १.५०
जीएसएम प्रिपेड/ सीडीएमए प्रिपेड प्रिपेड/पोस्टपेड २.००
नेपाल टेलिकमबाट स्मार्टमा प्रति मिनेट शुल्क (रु.)
जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेड २‍‍.००
पीएसटीएन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेड १.५०

एनसेल

एनसेलबाट एनसेल प्रति मिनेट (रु.)
पोस्टपेड प्रिपेड/पोस्टपेड १.००
प्रिपेड पोस्टपेड/प्रिपेड १.९९
एनसेलबाट टेलिकम प्रति मिनेट (रु.)
पोस्टपेड टेलिकमका सबै नम्बरमा १.२०
प्रिपेड टेलिकमका सबै नम्बरमा १‍.९९
एनसेलबाट स्मार्टमा प्रति मिनेट (रु.)
पोस्टपेड १.५०
प्रिपेड १.९९

स्मार्ट सेल

स्मार्टबाट सबै नम्बरमा प्रति मिनेट (रु.)
स्मार्ट स्मार्ट/टेलिकम/एनसेल सबै नम्बरमा १.५०

हुन त याे नियामक निकायबाट स्वीकृत गराइएकाे दस्तुर हो । सेवाप्रदायकले चाहेको खण्डमा नियामकबाट स्वीकृत गराएको भन्दा कम मूल्यमा सेवा दिनसक्ने प्रावधान छ ।

साथै पछिल्लाे समय सेवाप्रदायकले विभिन्न प्याक समेत उपलब्ध गराइरहेका छन् । त्यसरी उपलब्ध गराएकाे प्याक खरिद गरी कल गर्दा सेवा अझ सस्ताे हुने कम्पनीहरुकाे दाबी छ ।

https://www.techpana.com/2021/106044/