काठमाडौं । इमोजी आज विश्वमा सबैले बुझ्ने भाषा बनेको छ । सामाजिक सञ्जालमा हुने कुराकानीमा यसको प्रयोग अत्याधिक भइरहेको छ । तर, जुन रुपमा आज इमोजीको प्रयोग भएको छ, त्यसको अर्थ हामीले सबै बुझेका छौं भन्ने पक्कै छैन ।

किनभने कसैको आफन्त मरेको छ भन्दा दु:ख व्यक्त गर्नुपर्ने ठाउँमा यस्तो 🤣 इमोजी पनि प्रयोग गर्ने गरेको पाइन्छ । कारण यो इमोजीमा दुईतिर आँखाबाट आँसु झरिरहेको जस्तो देखिने हुँदा पनि मान्छे यसमा झुक्किएका हुनसक्छन् ।

अर्को उदाहरण, 🙏यो इमोजी पनि हो । पश्चिमा देशहरूमा यो इमोजीलाई हाई–फाईभको रुपमा लिन्छन् ।

तर, नेपाल, भारतलगायतका देशमा नमस्कार अथवा दुई हात जोडी ढोग्नुलाई दर्शाउँछ । इन्डोनेसियामा यसलाई कृतज्ञताको रुपमा लिइन्छ ।

पक्कै पनि हातको इशाराले स्थानअनुसार फरक अर्थ राख्नु स्वभाविक नै हो । तर, इमोजी आज विश्वको भाषा भएको छ ।

तर, पनि कतिपय इमोजीको अर्थ देशअनुसार फरक छन् । यहाँ तपाईंले प्रयोग गरिरहेका केही त्यस्ता इमोजी छन्, जसको अर्थ ठाउँअनुसार फरक छ ।

१. अपमान

खुल्ला हत्केलायुक्त 🖐 इमोजी पाकिस्तानमा गाली गर्नका लागि प्रयोग गरिन्छ । तर हामी भने यसलाई सकारात्मक संकेतका लागि प्रयोग गर्दै आएका छौं ।

त्यस्तै पाकिस्तानमा कसैलाई ‘श्राप लागोस्’ भनेर भन्नुपर्दा ✊ इमोजी प्रयोग हुने गरेको छ ।

त्यस्तै मेक्सिकोमा बन्द मुठीयुक्त✊इमोजीलाई एकताको प्रतीक मानिन्छ । तर, अमेरिकामा✊को अर्थ ‘मिडिल फिंगर’ देखाउनुसरह हो । म्यासेजप्राप्त गर्नेलाई ‘तेरी आमालाई नै नराम्रो गर्’ भनेर गाली दिनु हो ।

अर्काेतिर, हातका इशारायुक्त इमोजीबाहेक साधारण लाग्ने इमोजी चीनमा पठाउँदा विचार पुर्‍याउनपर्ने हुन्छ । उदाहरणका लागि इनोसेन्ट देखिने 🙂। यो इमोजीले चीनमा गहिरो निराशालाई जनाउँछ ।

त्यस्तै इनोसेन्ट देखिने अर्को इमोजी 👼 को अर्थ चीनमा ‘डरलाग्दो मृत्यु’ भन्ने जनाउँछ ।

 

२. राजनीति

अर्जेन्टिनामा हातको इशारा र इमोजीले नयाँ जीवन नै पाएको छ भन्दा फरक नपार्ला । अर्जेन्टिनामा यो ✌️ इमोजीको अर्थ के होला ? अहिले तपाईं जे सोच्दै हुनुहुन्छ, त्योभन्दा पूर्ण फरक छ ।

अर्जेन्टिनामा यसलाई राजनीतिक सिम्बोलको रुपमा लिने गरिन्छ । यसले राजनीतिक विचारलाई प्रतिनिधित्व गर्छ । जसले ✌️ यो इमोजी प्रयोग गर्छन्, उनीहरु एउटै विचारधारालाई आत्मासाथ गर्छन् भन्ने हो । यसका साथै यो इमोजीको अर्थ ‘जीत’ पनि हो ।

३ जापान

इमोजीको सुरुवात गर्ने देशको रुपमा जापानलाई लिइन्छ । जापानले आजको इमोजीको दुनियाँमा धेरै इमोजी क्रियट गरेको छ । यस्ता इमोजी जापानमा बढी संस्कृतिसँग जोडिएका छन् । जुन ठम्याउनका लागि निकै कठिन हुनसक्छ ।

उदाहरणका लागि यो 🏩 इमोजी हेर्दा त्यसमा भएको हार्ट सेफ र ‘एच’ ले गर्दा बिरामी भएर हस्पिटलमा बसेको जस्तो लाग्न सक्छ । त्यो हुँदा कहिलेकाहिँ तपाईंले यसलाई ‘गेट वेल सुन’ भन्नका लागि पनि प्रयोग गर्नुहाेला । तर, तपाईं गलत हुनुहुन्छ ।

किनभने यसको अर्थ ‘लव होटल’ हो ।

अमेरिकामा पैसा कमाइयो भनेर जनाउने यो 💸 इमोजीले जापानमा पैसा हराएको जनाउँछ । त्यस्तै चर्चीत इमोजी 💩को अर्थ जापानमा ‘गुड लक’ हो ।

त्यस्तै यो 💁 इमोजी विश्वव्यापी रुपमा असभ्यता जनाउनका लागि प्रयोग गरिन्छ । तर, जापानमा सूचना कक्षमा उपस्थित भएको जनाउनका लागि यसको प्रयोग हुने गरेको छ । 

https://www.techpana.com/2021/106133/