काठमाडौं । साओमीले आउँदो बिहीवार रेड्मै नाोट ११ सिरिज सार्वजनिक गर्दैछ । हालै एक जानकारीअनुसार कम्पनीले यो सिरिजकाे प्राे माेडलमा १२० वाटको फास्ट चार्जिङ दिने भएको छ ।

मिडरेन्ज लाइनअपमा साओमीले पहिलोपटक उच्च गतिको चार्जिङ सपोर्ट दिन लागेको हो । यस विषयमा डिजिटल च्याट स्टेशनले फिचर लिक गरेको थियो । हालै कम्पनीले पनि नोट ११ लाइनअपमा १२० वाट फास्ट चार्जिङ रहने पुष्टि गरेको छ ।

साथै कम्पनीका कार्यकारीले वेइबोमा रेड्मी नोट ११ सिरिजले वाईफाई सिक्स सपोर्ट गर्ने जानकारी दिएका छन् ।

साथै उनले रेड्मी नोट ११ ले ३.५ एमएम अडियो ज्याक हुने जानकारी पनि दिएका छन् ।

केही दिनअघि मात्र सार्वजनिक खबरअनुसार रेड्मी नोट ११ का फोनमा १२० हर्जको डिस्प्ले र ५ हजार एमएएच ब्याट्री हुनेछ 

यस्ताे छ मूल्य ?

कम्पनीले ‘नोट ११’, ‘नोट ११ प्रो’ र ‘नोट ११ प्रो प्लस’ गरी तीन मोडलका स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । हालै एक चिनियाँ टिप्स्टरले यी तीन डिभाइसको मूल्य अनलाइनमा लिक गरेका छन् ।

यसअनुसार चिनियाँ बजारमा रेड्मी नोट ११ को मूल्य ४/१२८ जीबी भेरियन्टको १,१९९ युआन (करिब २२ हजार चार सय रूपैयाँ) हुनेछ ।

त्यस्तै ६/१२८ जीबीको मूल्य १३,९९ युआन (करिब २६ हजार एक सय रूपैयाँ) र ८/१२८ जीबीको मूल्य १५९९ युआन (करिब २९ हजार ९ सय रूपैयाँ) रहने बताइएको छ ।

त्यस्तै रेड्मी नोट ११ मा कम्पनीले ८/२५६ जीबी भेरियन्ट पनि ल्याउने भएको छ, जसको मूल्य १,७९९ युआन (करिब ३३ हजार ६ सय रूपैयाँ) हुनेछ ।

त्यसैगरी रेड्मी नोट ११ प्रोको मूल्य ६/१२८ जीबी भेरियन्टको १,५९९ युआन (करिब २९ हजार ९ सय रूपैयाँ) रहनेछ । यो फोन पनि ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा आउनेछ, जसको मूल्य क्रमश: १७९९ युआन (करिब ३३ हजार ६ सय रूपैयाँ) र १९९९ युआन (करिब ३७ हजार चार सय रूपैयाँ) रहनेछ ।

त्यस्तै रेड्मी नोट ११ प्रो प्लसको मूल्य ८/१२८ जीबीको २,१९९ युआन (करिब ४१ हजार एक सय रूपैयाँ) र ८/२५६ जीबीको २,४९९ युआन (करिब ४६ हजार सात सय रूपैयाँ) रहनेछ ।

सबै माेडलका फोनमा डिस्प्ले सुरक्षाका लागि कोर्निङ गोरिल्ला भिक्टस रहनेछ । चिनियाँ टिप्स्टरले यी तीनवटै मोडलका स्मार्टफोनका मूल्यसहित केही विवरण वेइबोमा शेयर गरेका छन् ।

https://www.techpana.com/2021/106550/