काठमाडौं । विश्व चर्चित कार निर्माता कम्पनी बीएमडब्लूले सन् २०२४ सम्ममा आफ्नो मुख्य प्लान्टबाट डिजेल/पेट्रोल इन्जिन उत्पादन गर्न बन्द गर्ने घोषणा गरेको छ ।

आफ्नो विद्युतीय कार आइफो मोडलको उत्पादन सुरु गर्ने जानकारी दिन आयोजित कार्यक्रममा कम्पनीले यस्तो घोषणा गरेको हो । 

जर्मनीको म्युनिखमा रहेको मुख्य प्लान्टबाट उत्पादन भइरहेको डिजेल/पेट्रोल इन्जिन उत्पादनलाई अष्ट्रेलिया र बेलायतमा रहेको प्लान्टमा सार्ने कम्पनीको योजना छ ।

सन् २०२३ भित्र म्युनिचमा रहेको आफ्नो मुख्य प्लान्टबाट उत्पादन हुनेमध्ये आधा कार विद्युतीय वा हाइब्रिड हुने कम्पनीले जनाएको छ ।

सन् २०३० भित्र आफूले विश्वभर बिक्री गर्नेमध्ये आधार कार विद्युतीय हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओलिभर जिप्सले जानकारी दिए । डिजेल/पेट्रोल कार बिक्रीको लागि प्रतिबन्ध लाग्ने कुनै पनि देशमा आफ्नो कम्पनीले विद्युतीय कार बिक्री गर्न सक्ने उनले बताए

विश्वबजारमा भएको चिप अभावका कारण आफूले यो वर्ष बिक्री गरेकोभन्दा ७० देखि ९० हजार कम कार कम उत्पादन हुनसक्ने पनि कम्पनीले जनाएको छ ।

https://www.techpana.com/2021/106606/