काठमाडौं । क्रोमको एड्रेस बारले तपाईंले भिजिट गरेको हरेक साइटको जानकारी वा हिस्ट्री राख्छ । यी साइट र यूआरएलहरु तपाईंले अर्कोपटक एड्रेस बारमा केही सर्च गर्दा सुझावको रुपमा आउँछन ।

यी आफैं देखिने सुझावलाई कसरी डिलिट गर्ने त ? आज हामी गुगल क्रोम एड्रेस बारमा विगतमा तपाईंले प्रयोग गरेका लिङ्क र यूआरएल कसरी हटाउने भन्ने विषयमा जानकारी दिँदै छौं ।

  • सबैभन्दा पहिले क्रोम ब्राउजर खोल्नुहोस् र तपाईंले हटाउन चाहेको यूआरएल वा लिंक टाइप गर्नुहोस् ।
  • तपाईंले पपअप सजेसन लिस्टबाट हटाउन चाहेका यूआरएल र लिङ्कमा नेभिगेट गर्न किबोर्ड प्रयोग गर्नुहोस् ।
  • हटाउन चाहेको लिंक वा यूआरएलमा हाइलाइट गरेर डिलिट गर्न सक्नुहुनेछ ।
  • म्याक: shift+FN+ Delete
  • विण्डाेज : shift+Delete
  • क्रोमबुक : Alt+shift+Delete
  • हाइलाइट गरिएको लिंक तुरुन्तै डिलिट हुनेछ ।

तपाईंले यसरी अनावश्यक लिंक वा यूआरएल हटाउन सक्नुहुन्छ । यसबाट आफूले नचाहेका पुराना यूआरएल, टाइपो लिङ्कहरू, अनावश्यक सुझावहरू वा तपाईंले हटाउन चाहेका अरू जुनसुकै कुरा हटाउन सक्नुहुन्छ ।

 

यदि तपाईंले साइटहरू ब्राउज गर्दा इन्कग्निटो मोडमा क्रोम प्रयोग गर्नुभएको छ भने त्यसमा भिजिट गरिएका यूअरएल र लिङ्कहरू यस तरिकाले भण्डारण हुने छैनन् वा सुझाव दिइने छैन ।

स्ट्यान्डर्ड ब्राउजिङ मोडमा क्रोम प्रयोग गर्दा सधैं भिजिट गरिएका लिङ्कहरू हटाइएन वा ब्राउजरबाट सबै डेटा खाली गरिएन भने सुझावको रुपमा आइरहन्छन् ।

https://www.techpana.com/2021/106734/