नेपाल परापुर्वकाल देखि अनेकतामा एकता अापसी समझदारी र सामाञ्जस्यता अाधारित भाईचारा भातृत्व र सहअस्तित्वले सामाजिक धार्मिक साँस्कृतिक सहिष्णुताको मालामा उनेर राख्ने शाहबंशिय राजकाजी परम्परा हो ।

 

जो सुकैले जे सुकै भनेर बकबक गरे पनि हामीले पनि ईतिहास बुझेका छाै र म ठोकेर भन्छु रामशाह नरभुपाल शाह पृथ्विनारायण शाह,प्रतापसिह शाह,रणबहादुर शाह,गृबाणयुद्धबिक्रम शाह,श्री५ ज्ञानेन्द्र बीरबिक्रम शाहदेवको पाला अाउदा सम्म नेपाल प्रजातान्त्रिक राजतन्त्रात्मक मुलुक थियाे र हाे पनि! मलाई जिब्रो चपाएर जिब्रो लरवराएर बोल्न अाउदैन म सिधै बोल्छु । र म फेरि ठोकेर भन्छु जनताकै छोरा जो जस्ले यो मुलुकलाई र जनतालाई अाज सम्म अनिर्णयको बन्दी बनाएर राखेकै हो । जनताको बिचमा बसेर जनताको खुन र पसिना चुसेकै हो ।

महाराजधिराजहरुले जनचाहाना र भावना अनुरुपको स्वतन्त्रताका लागि प्रजातन्त्र दिएकै हो । यस्तो उदारबादी राजतन्त्र संसारमा खोजेर हिड्दा त्यो नेपालमा मात्र पाईन्छ । तर यी शोषक नेताहरु सुकिला र मुकिला भए प्रधान मन्त्रि भए मन्त्रि भए संसद भए सभामुख र अन्य धेरै भए ।त्यतिले नपुगेर राजतन्त्रलाई नै खर्लप्पै पारेर खाए पाखा लगाए । जनतालाई झुक्काएर मुठ्ठिभरका सुकिला मुकिलाहरु अाफै राजा बन्न चाहे । तर बिडम्बना राजा हुन खोजेर राजा हुन पाईने भए सबै जनता हुने थिए । त्यो त बिष्णु भगवानको अदृश्य मानवरुपि अंश भएर जन्म लिन सक्नु पर्छ । जसमा मोह त्याग र समर्पण जस्ता गुणले सजिसजाउ हुन सक्ने खुवि राजाहरुमा मात्र हुन्छ ।

तसर्थ राजा बिष्णु भगवान नै हो । त्यो प्रमाणित श्रीमदभागवत गिताले गरिसकेको छ । फेरि महाराजधिराज सरकारले जनताको नासो जनतालाई नै दिएर त्याग र समर्पण गरि प्रमाणित गरिबक्सेको छ । यी दलालहरुलाई सत्ताको स्वाद चाख्दै जाँदा राजा नै हुन खोजेर अाफ्नो सक्कली लोभि पापि कुण्ठा देखाई दानव र राक्षेस भएको प्रमाणित गरिसके । तर राजाहरु त झन ३००/४०० वर्ष देखिको पुर्खाको पाला देखि राजा भएर पनि राजकाजी परम्परालाई यति सजिलै जनताको नासोको रुपमा छोड्न वा त्याग गर्न सकिबक्स्यो । त्यो कसैले पनि त्याग गर्न सक्दैनन् । किनकी ती सबै नेता हुँ भन्नेहरु कलिका दानव राक्षेस र असुरहरु हुन् त्यो पनि प्रमाणित भैसक्यो ।

जनताले पनि चिनि सकेका छन् । तसर्थ अाम जनतामा मेरो अपिल छ कि मुलुक बचाउन शान्ति सुरक्षा कायम गर्न, राज्यले जनतालाई समान व्यवहार गर्न,दिगो बिकास गर्न, अार्थिक समृद्धि हासिल गर्न,नेपालको शान, मान,सम्मान, स्वाभिमान र गाैरवलाई बिश्वमा चिनाउनुका साथै राष्ट्रियताको सुरक्षाकोसंवर्धन गरि भुसंप्रभुताको रक्षा गर्न मुलुकमा शक्तिशाली राजतन्त्रको अत्यान्त जरुरी भएको हुँदा एकजुट र एक ढिका भएर अान्दोलनको अाँधिबेरी ल्याएर यो जनता मारा गााणतन्त्र समाप्त गरि अन्त्य गरि शक्तिशाली राजतन्त्र स्थापना गराैं । हामीले नगरे कस्ले गर्ने र अहिले नगरे कहिले गर्ने ???? पनि भन्न चाहान्छु ।