काठमाडौं । यात्राका लागि गुगल म्याप्स उत्कृष्ट विकल्प हो । तर, कतिपय अवस्थामा तपाईं जानुपर्ने बाटो अथवा गल्लीको जानकारी म्याप्समा नहुन सक्छ ।

यस्तोमा तपाईं आफैंले पनि गुगलमा आफू हिँड्ने बाटोलाई समावेश गरी गुगल म्याप्समा योगदान दिन सक्नुहुन्छ । जसको सहज तरिका यहाँ सिकाउँदै छौं ।

त्योभन्दा पहिले एउटा कुरा के जान्न जरुरी छ भने, तपाईंले राखेको कुनै पनि जानकारी गुगलले भेरिफाई नगरी सार्वजनिक गर्दैन । यसको अर्थ तपाईंले गुगल म्याप्समा रोड राख्न सक्नुहुन्छ ।
 

तर, त्यसलाई सबैले देख्ने बनाउनका लागि गुगलले सुरुमा त्यसलाई भेरिफाई गर्ने काम गर्छ ।

 

गुगल म्याप्समा छुटेकाे बाटाे थप्न वा जानकारी राख्नका लागि ल्यापटप तथा कम्प्युटर आवश्यक पर्छ । यति भएसँगै अब सुरुमा ल्यापटप तथा कम्प्युटरको वेब ब्राउजरमा ‘गुगल म्याप्स’ खोल्नुहोस् ।

 

अब गुगल म्याप्सको माथि बायाँ साइडमा रहेको ‘ह्यामबर्गर’ मेन्यु आइकनमा क्लिक गर्नुहोस् ।

त्यहाँ रहेको ‘इडिट दी म्याप’ मा क्लिक गर्नुहोस् ।

अब त्यहाँ रहेको ‘एड अर फिक्स अ रोड’ अप्सनलाई सेलेक्ट गर्नुहोस् ।

 

अब माउसको सहायताले म्यापलाई आफूले चाहेको ठाउँमा पुर्‍याउनुहोस् र आफूले चाहेको ठाउँ फेला परेसँगै ‘एड अ रोड’ मा क्लिक गर्नुहोस् ।

अब त्यहाँ सुरुमा छुटेको रोडको नाम राखी रोडको प्रकार छनोट गर्नुहोस् ।

अब रोड कहाँ रहेको छ, उक्त स्थानलाई जनाउन म्यापमा बाटो बनाउनुहोस् र ‘रिभ्यु एन्ड सब्मिट’ मा क्लिक गर्नुहोस् ।

यदि तपाईंले गुगल म्याप्समा बनाएको रोड ठीक छ भने अन्त्यमा ‘सब्मिट’ क्लिक गर्नुहोस् ।

 

यति गरेसँगै तपाईं गुगलमा रोड राख्न सफल हुनुभयो । तर, उक्त रोड अरुले देख्नका लागि भने गुगलले भेरिफाई गर्न आवश्यक हुनेहुँदा केही समय लाग्न सक्छ ।

https://www.techpana.com/2021/107383/