काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) आफ्नो सिस्टम अपग्रेड गरेको छ । यो सँगै आईपीओको रिजल्ट हेर्न अब घण्टौं कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । सिस्टम अपग्रेड भएसँगै नतिजा आएको आधा घण्टामै हेर्न सकिने जनाइएको छ ।

यसअघिसम्म कुनै सार्वजनिक निष्कासन बाँडफाँड भएको घण्टौँसम्म पनि त्यसको नतिजा हेर्न नपाउनु खालको समस्या थियो । उक्त समस्यालाई समाधान सीडीएससीले अब आधा घण्टामै नतिजा हेर्न सकिने व्यवस्था गरेको हो ।

सीडीएससीका अनुसार स्तरोन्नति भएको सिस्टम मध्ये भोटेकोसीको शेयर बाँडफाँडबाटै परिक्षण गरिएको थियो ।

 

उक्त परीक्षण सफल भएसँगै अब हुने सार्वजनिक निष्कासनबाट यसलाई निरन्तरता दिने जनाइएको छ । 

https://www.techpana.com/2021/108397/