काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले टिकटक जस्तै आफ्नो छोटो भिडियो प्ल्येटफर्म रिल्समा भिडिओ राख्ने क्रियटरलाई ठूलो रकम दिने गरेको छ । कम्पनीले गएको जुलाईमा रिल्सका लागि बोनस प्रोग्राम सार्वजनिक गरेको थियो ।

जसमा कम्पनीले सन् २०२२ भित्र क्रियटरलाई एक खर्ब रुपैयाँ भन्दा बढी रकम बाँड्ने घोषणा गरिसकेको छ । कम्पनीले प्रति क्रियटर कति उपलब्ध गराउने भन्ने विषयमा भने कुनै स्पष्ट जानकारी भने दिएको थिएन ।

साथै उक्त बोनस रकम प्राप्त गर्न कति लाइक तथा भ्युज आवश्यक पर्छ भन्ने विषयमा पनि उल्लेख गरिएको थिएन । तर, यसैबीच एक जना रेडईड प्रयोगकर्ताले रिल्सले अफर गरेको मूल्य सहितको स्क्रिनशट शेयर गरेका छन् ।

 

0r0UHNVi32-h8BEfKtvI3OSD5biU9p4ukomCZGzq0xdiFPQU9ACETVwTF6P--camt3OB51Yq1wZbh1chm6OUAkILDFS45CU8Yrg9jtDLAMhfASKC6-a7spG_-ulrN6gGgAlpRfGk

 

उक्त स्क्रिनअनुसार रिल्सले ३५ हजार अमेरिकी डलर अर्थात् ४१ लाख रुपैयाँ भन्दा बढी अफर गरेको देखिन्छ । तर, त्यसका लागि एक महिनामा ५८.३१ मिलियन भ्युज आवश्यक पर्ने जनाइएको छ ।

 

तर, त्यो भन्दा कम भ्युज हुने प्रयोगकर्ताको हकमा भने कम्पनीले त्यही अनुसार थोरै रकम उपलब्ध गराएको जनाइएको छ । हाल प्राप्त जानकारी अनुसार एक महिनामा ९.२८ मिलियन भ्युज प्राप्त गर्ने क्रियटरलाई आठ हजार पाँच सय अमेरिकी डलर बोनस उपलब्ध गराइएको उल्लेख छ ।

https://www.techpana.com/2021/108468/