काठमाडौं । एप्पलका संस्थापक स्टिभ जब्स र स्टिभ वोन्जियाकले बनाएको पहिलो कम्प्युटर चार लाख अमेरिकी डलर (झण्डै पाँच करोड रूपैयाँ) मा बिक्री भएको छ ।

 

हातले बनाइएको उक्त कम्प्युटर ४५ वर्षअघि निर्माण गरिएको थियो । जसको डिजाइन, निर्माण तथा परीक्षण जब्स र वोन्जियाकले अन्य दुई जना सहकर्मीसँग मिलेर गरेका थिए ।

 

उक्त कम्प्युटरको नाम ‘च्याफी कलेज एप्पल–१’ दिइएको थियो । कारण, उक्त कम्प्युटरका मालिक च्याफी कलेजका प्रोफेसर थिए ।

 

उनले सन् १९९७ मा एप्पल–टु किन्नका लागि आफ्ना एक विद्यार्थीलाई उक्त कम्प्युटर बिक्री गरेका थिए । त्यसबेला उक्त विद्यार्थीले जम्मा ६५० डलरमा उक्त कम्प्युटर खरिद गरेको जनाइएको छ ।

 

त्यसबेला बनाइएका एप्पल–१ कम्प्युटरमध्ये हालसम्म ६० ओटा बाँकी छन् । त्यसमध्ये २० ओटा अझै काम गर्ने अवस्थामै रहेको जनाइएको छ । कम्प्युटर केस, मदरबोर्ड, किबोर्ड साथमा आएता पनि त्यसका लागि आवश्यक पर्ने मनिटर भने छुट्टै खरिद गर्नुपर्थ्याे ।

 

काठको बक्समा डिजाइन गरिएको उक्त कम्प्युटर पहिलो पटक कुल दुई सय ओटा निर्माण गरिएको थियो ।

त्यसमध्ये च्याफी कलेज एप्पल–१ कम्प्युटर केही समयअघि अक्सनमा राखिएको थियो । अक्सनमा राखिएको उक्त कम्प्युटर कुल चार लाख अमेरिकी डलर अर्थात ४ करोड ७७ लाख भन्दा बढीमा बिक्री भएको छ ।

https://www.techpana.com/2021/108689/