काठमाडौं । अब कर्पोरेट पे प्रणालीमार्फत ३० करोडसम्मको राजस्व भुक्तानी गर्न सकिने भएको छ ।

 

बैंक तथा वित्तीय संस्थाका व्यवसायिक ग्राहकलाई लक्षित गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको कर्पोरेट पे प्रणालीबाट तिर्ने राजस्व भुक्तानीको दायरा बढाइएको हो ।

यसअघि यो प्रणालीमार्फत् २० करोड रुपैयाँसम्म राजस्व भुक्तानी गर्न सकिने व्यवस्था थियो । आजदेख सुरु भएको यो सुविधा लिन सेवाग्राहीले आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्नेछन् ।

 

राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले हाल उपलब्ध गराइरहेका अन्य विद्युतीय सेवाजस्तै कर्पोरेट पेमा पनि थप शुल्क लाग्दैन ।

 

यो प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकले रकम ट्रान्सफर, कर्मचारीको तलब भुक्तानी, कर तथा राजस्व भुक्तानी लगायतका ठूला भुक्तानीसमेत विद्युतीय माध्यमबाटै गर्न सक्छन् ।

 

बैंक तथा वित्तीय संस्थाका व्यवसायिक ग्राहकलाई चेक लिएर बैंकमा जानुपर्ने बाध्यताकाे अन्त्य र डिजिटल भुक्तानीको प्रयोग बढाउन यो प्रणाली सुरुवात गरिएको हाे ।

https://www.techpana.com/2021/108837/