काठमाडौं । ब्रेभले ब्राउजरमा आफ्नै क्रिप्टोकरेन्सी वालेट सुरु गरेको छ । पछिल्लो सयम सुरक्षाको हिसाबले धेरै प्रयोगकर्ताको रोजाइमा परेको ब्रेभले प्रयोगकर्तालाई क्रिप्टोकरेन्सीमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ ब्राउजरमै क्रिप्टो वालेट उपलब्ध गराएको हो ।

 

कम्पनीले यसअघि ब्राउजरमा रहेको मेटामास्क वालेटको एक्स्टेन्सनलाई हटाउँदै आफ्नै वालेट सुरु गरेको हो । ब्लकचेन फिचरका साथ निर्माण गरिएको यो वालेटमार्फत क्रिप्टोकरेन्सी खरिद गर्न, इथेरियम र एनएफटीजस्ता करेन्सीको जानकारी ट्रयाक गर्न सकिने जनाइएको छ ।

कम्पनीका अनुसार ब्राउजरमै निर्माण गरिएको यो वालेटले सीपीयू पनि कम खपत गर्नेछ छ ।

 

कम्पनीले उपलब्ध गराएको यो वालेटले विशेषगरी इथेरियम र इथेरियममा आधारित ब्लकचेनमा काम गर्ने जनाइएको छ ।

 

डगक्वाइन, बिटक्वाइनजस्ता चर्चित क्रिप्टोकरेन्सी कारोबार भने यसबाट हुने छैन । तर, कम्पनीले भने डगक्वाइन, बिटक्वाइन पनि सपोर्ट गर्ने गरी सिस्टम निर्माणको काम भइरहेको जानकारी दिएकाे छ ।

https://www.techpana.com/2021/109046/