काठमाडौं । मेटा अन्तर्गतको फेसबुकले प्रयोगकर्ताको निगरानीका लागि फेक अकाउन्ट प्रयोग नगर्न प्रहरीलाई आग्रह गरेको छ । कम्पनीले अमेरिकाको लस एन्जलस प्रहरी विभागलाई पत्र पठाउँदै फेक अकाउण्टबाट प्रयोगकर्ताको निगरानी नगर्न आग्रह गरेको हो ।

 

यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘दि गार्जियन’ ले अमेरिकी प्रहरीले आपराधिक घटनाको समाधानका लागि टेक कम्पनीसँग सहकार्य गरि प्रयोगकर्ताको डेटा एनालाइज गरिरहेको बताएको थियो ।

त्यसमा फेसबुकको फेक अकाउन्ट बनाएर प्रहरीले प्रयोगकर्ताको निगरानी गरिरहेको समेत जनाइएको थियो । साथै अमेरिकी प्रहरीले अनुसन्धानका लागि फेसबुकमा फेक अकाउण्ट बनाएर निगरानी गर्न सक्ने अधिकार पनि दिएको छ ।

 

यस्तोमा फेसबुकले फेक अकाउण्ट बनाएर प्रयोगकर्ताको निगरानी नगर्न आग्रह गरेको हो ।

 

‘फेक अकाउन्ट बनाएर निगरानी गर्दा प्रयोगकर्ताको कुनै पनि अकाउन्टप्रतिको विश्वास कम हुँदै जानेछ,’ कम्पनीले पठाएको पत्रमा भनिएको छ, ‘यो प्रयोगकर्ताको नैसर्गिक अधिकारको हनन पनि हो ।’

https://www.techpana.com/2021/109579/