काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक भुक्तानी सेवा पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुरु भएको छ । यो सेवा सुरु भएसँगै अब ग्राहकहरूले विना कुनै मुख्य इन्टिग्रेसन एउटै लिङ्कबाट पैसाको भुक्तानी लिन र दिन पाउने भएका छन् ।

 

सानादेखि ठूला व्यापारिक लगायतका व्यवसाय तथा कर्पोरेट हाउसहरूले ‘वान लिङ्क’बाट आफ्ना ग्राहकहरूलाई यस्तो सेवा दिन सक्नेछन् । यसअनुसार उनीहरूले एसएमएस तथा ई-मेलका साथै ह्वाट्सएप, भाइबर जस्ता अन्य सञ्चारका माध्यमहरू उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै रकमको भुक्तानी लिन र फिर्ता गर्न सक्ने भएकाले रकम भुक्तानी तथा प्राप्त गर्ने प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको भनाई छ ।

हाल सिद्धार्थ बैंकले क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरेको छ । यद्यपि आगामी दिनमा सिद्धार्थ बैंकका खातावालाहरूले यसबाट ऋणको किस्ता समेत भुक्तानी गर्न पाउनेछन् ।

https://www.techpana.com/2021/109857/