काठमाडौं । साओमीले नेपाली बजारमा मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यु मी एयर प्युरिफायर–३ सार्वजनिक गरेको छ । कम्पनीले गाडी, मोटरसाइकल वा साइकलको टायरमा हावा भर्न सकिने गरि मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर बजारमा ल्याएको हो ।

 

यसमार्फत शून्य देखि १५० पीएसआई सम्मको कुनै पनि टायरमा हावा भर्न सकिने छ । यसको अर्थ यो कार, मोटरबाइक, साइकलका साथै फुटबल, बास्केटबलमा हावा भर्नका लागि उपयुक्त हुने दाबी कम्पनीको छ ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरमार्फत कारको टायर पूर्णरूपमा फुल गर्न ६ मिनेट र साइकलको टायर फुलाउन ३ मिनेट मात्रै लाग्ने छ ।

 

एक पटक फुल चार्ज भएपछि यसले पाँच वटा कारको टायर अथवा आठ वटा साइकलका टायरमा हावा भर्न सकिने जनाइएको छ ।  युनिभर्सल माइक्रो यूएसबी पोर्ट भएको यो डिभाइस फुल चार्ज हुन तीन घण्टामात्रै लाग्ने  दावी कम्पनीको छ ।

 

त्यस्तै मी एयर प्युरिफायर–३ शाओमीको लाइनअपमा रहेको सबैभन्दा नयाँ स्मार्ट एयर प्युरिफायर हो । नेपाली बजारमा मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको छ । भने मी एयर प्युरिफायर–३ को मूल्य  २३ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

 

दुवै उत्पादनहरू मंगलबारदेखि नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

https://www.techpana.com/2021/109782/