काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा २० अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल फोन नेपाल भित्रिएका छ ।  भन्सार विभागले भर्खरैमात्र कार्तिक महिनासम्मको तथ्यांक सार्वजनिक गरेको छ ।

 

जसअनुसार साउन देखि कार्तिक महिना सम्म २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ भन्दा बढी मूल्यको कूल २६ लाख एक हजार सात सय ८० वटा मोबाइल आयात भएका छन् ।

यसमध्ये कार्तिक महिनामा मात्रै तीन अर्ब १८ करोड १४ लाख ३६ हजार रुपैयाँ भन्दा बढिको तीन लाख ९२ हजार ६०४ वटा मोबाइल आयात भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षको सोही अवधि (कार्तिक महीना) मा ३ अर्ब ५ करोड ६२ लाख रुपैयाँ भन्दा माथिको ६ लाख ८८ हजार आठ सय १० वटा मोबाइल आयात भएको थियो ।

 

त्यस्तै गत आर्थिक वर्षको पहिलो चार महिनामा (साउन-कार्तिक) १४ अर्ब १५ करोड ७४ लाख ८९ हजार रुपैयाँको कुल २१ लाख २० हजार ८२५ वटा मोबाइल फोन आयात भएको थियो । त्यो हिसाबमा यो वर्षको पहिलो चार महिनामा गत वर्षको सोही अवधीको तुलनामा याे वर्ष झन्डै ६ अर्ब बढिको मोबाइल आयात भएको छ ।  

https://www.techpana.com/2021/109935/