काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मानहानि सम्बन्धी नयाँ कानुनको प्रस्ताव गरेका छन् । यो कानुन कार्यान्वयन भए सामाजिक सञ्जाल कम्पनीले ट्रोलहरुको परिचय खुलाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमा हुने ट्रोलको परिचय लुकाए सामाजिक सञ्जाल कम्पनीले मानहानिको जरिवाना तिर्नुपर्ने प्रस्ताव प्रस्तावित कानुनमा छ । 

 

सामाजिक सञ्जालमार्फत आफ्नो मानहानि भएको कुनै प्रयोगकर्ताले महसुस गरेमा सामाजिक सञ्जाल कम्पनीलाई उजुरी गर्न सक्ने प्रणाली हुनुपर्ने व्यवस्था पनि प्रस्तावित कानुनमा छ । 

प्रयोगकर्ताले आफ्नो मानहानि गरेका कुनै सामग्री सामाजिक सञ्जालमा पोष्ट भएको थाहा पाएमा त्यस्ता सामग्री हटाउनको लागि उजुरी गर्न सक्ने गरी सामाजिक सञ्जाल कम्पनीले व्यवस्था गर्नुपर्ने प्रस्तावित कानुनमा भनिएको छ । 

 

सामाजिक सञ्जालमा पोष्ट भएका मानहानि सम्बन्धी सामग्री हटाउन सामाजिक सञ्जाल कम्पनीले अदालतको आदेश लिन सक्ने छन् । योबाहेक, प्रस्तावित कानुनले मानहानि हुने सामग्री पोष्ट गर्ने व्यक्तिको परिचय सार्वजनिक गर्ने अधिकार सामाजिक सञ्जाल कम्पनीलाई दिनेछ ।

https://www.techpana.com/2021/110362/