काठमाडौं । अन्य सामाजिक सञ्जाल जस्तै इन्स्टाग्रामले पनि तपाईंको अकाउण्टमा विभिन्न सुविधि उपलब्ध गराउन थर्ड पार्टी एपसँग सहकार्य गरिरहेको हुन्छ । त्यो हुँदा विभिन्न एप तथा वेबसाइटले कम्पनीले तपाईंको अकाउण्टमा पहुँच दिइरहेको हुन्छ ।

 

त्यतिमात्रै नभएर कतिपय अवस्थामा तपाईंको डेटा माथिपनि त्यस्ता एप तथा वेबसाइटले पहुँच बनाइरहेका हुन्छन् । यस्तोमा कस्तो डेटामा अरुलाई पहुँच दिने अथवा पहुँच प्राप्त एप तथा वेबसाइट आधिकारिक हुन वा होइनन् भन्ने विषय यकिन गर्न जरुरी हुन्छ ।

इन्स्टाग्रामले आफ्नो अकाउण्टमा कसले पहुँच बनाइरहेका छन् भन्ने विषयमा प्रयोगकर्ता आफैंले पनि हेर्न सकिने सुविधा दिएको छ । त्यतिमात्रै नभएर अनावश्यक वेबसाइट तथा एपलाई हटाउन सक्ने सुविधा समेत उपलब्ध गराएको छ ।

 

त्यसैले यहाँ हामी तपाईंहरूलाई तपाईंको अकाउण्टमा कुन एप तथा वेबसाइटको पहुँच छ, त्यसमध्ये अनावश्यक एपलाई कसरी हटाउने भन्ने विषयमा जानकारी दिँदैछौं ।

 

वेबसाइटमा हेर्न तरिका

यदि तपाईं ल्यापटप तथा कम्प्युटरमा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने पहिलो कुरा तपाईंले सुरक्षित ब्राउजर प्रयोग गरिरहनु भएको छ भनी यकिन गर्न आवश्यक छ । त्यो सँगै आफ्नो इन्स्टाग्राममा कसले पहुँच बनाइरहेको छ भनी हेर्नका लागि सुरुमा इन्स्टाग्राम लगइन गर्नुहोस् ।

 

लगइन भएसँगै अब दायाँ साइको माथि रहेको तपाईंको फोटा सहितको ‘प्रोफाइल आइकन’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले ‘सेटिङ’ अप्सन देख्नुहुनेछ ।

त्यहाँ ‘एप्स एण्ड वेबसाइट’ भन्ने अप्सन छ । त्यसमा क्लिक गरेर तपाईंले इन्स्टाग्राममा पहुँच पाएका एपहरूको सूची हेर्न सक्नुहुनेछ । त्यसमध्ये आफूलाई अनावश्यक लागेका एप हटाउनका लागि एपमा क्लिक गरी ‘रिभोक एक्सेस’ अप्सनमा क्लिक गर्नुहोस् ।

मोबाइलमा हेर्न तरिका

यदि तपाईं मोबाइल एपमा इन्स्टाग्राम प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा एप खोली दायाँ साइडको पुछारमा रहेको तपाईंको ‘प्रोफाइल आइकन’ मा क्लिक गर्नुहोस् ।

 

अब दायाँ साइडको माथि रहेको तीन ओटा लाइनयुक्त आइकनमा क्लिक गरी ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईंले ‘सेक्युरिटी’ अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गरी ‘एप्स एण्ड वेबसाइट’ मा क्लिक गर्नुहोस् ।

यति गरेसँगै त्यहाँ वेबसाइट तथा एप्सको सूची देख्नुहुनेछ । त्यसमध्ये कुनै एप तथा वेबसाइट हटाउनु परेको खण्डमा एपमा क्लिक गरी ‘रिभोक एक्सेस’ मा क्लिक गर्नुहोस् ।

यसरी तपाईंले आफ्नो इन्स्टाग्राम अकाउण्टमा पहुँच बनाइरहेका अनावश्यक एप तथा वेबसाइटको जानकारी लिन तथा अनावश्यक एपलाई हटाउन समेत सक्नुहुनेछ । 

https://www.techpana.com/2021/110461/