काठमाडौं । एप्पलले आफ्नो वायरलेस चार्जर एयरपावरु को उत्पादन रोकेको वर्षौ बितिसकेको भएता पनि त्यसको अस्तित्व अझै बाँकी रहेको छ । हाल एप्पलले सोही प्रविधिमा आधारित भएर नयाँ चार्जरमा काम गरिरहेको उल्लेख गरिएको छ ।

 

जसले एकै समयमा तीनवटा डिभाइसहरू चार्ज गर्न जनाइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम  ब्लुम्बर्गका अनुसार एप्पलले छोटो र लामो दुवै दूरीमा डिभाइसहरू सहज रुपमा चार्ज गर्न सक्ने वायरलेस चार्जरको निर्माण गरिरहेको छ ।

यसैपनि एप्पलका फोन तथा अन्य उत्पादनले रिभर्स वायरलेस चार्जिङ सपोर्ट गर्दैन । यस्तोमा यदि कम्पनीले यो नयाँ चार्जर बजारमा ल्याएको खण्डमा प्रतिस्पर्धी कम्पनीहरूका लागि चुनौती हुनसक्ने अनुमान गरिएको छ ।

 

हुने त कम्पनीले यसअघि नै बजारमा उपलब्ध गराउने भनेको एयरपावर बजारमा ल्याउन नसक्दा आलोचना खेपिरहेको छ । यस्तोमा यो परियोजना पनि कम्पनीका लागि चुनौतीपूर्ण हुन सक्ने छ । 
 https://www.techpana.com/2021/110464/