काठमाडौं । गुगलले हालै सार्वजनिक गरेको अपरेटिङ सिस्टम एन्ड्रोइड १२ मा थुप्रै फिचर थप गरिएका छन् । ओएसको नयाँ अपडेटमा लक्ड फोल्डर, क्विक डिलिट फिचर, प्राइभेसी ड्यासबोर्ड लगायतका नयाँ फिचर थप गरिएका छन् ।

 

यसमध्ये, कसैले तपाईंको क्यामेरा वा माइक्रोफोनको पहुँचमा छ कि छैन भनेर पत्ता लगाउने फिचर पनि रहेको छ ।

यदि कसैले तपाईंको फोनमा अनैतिक हिसाबले पहुँच पाएको छ र तपाईंको फोनको स्क्रिनको सबैभन्दा माथि दाहिनेतिर एउटा आइकन देखिनेछ, जसमा क्यामेरा वा माइक्रोफोनको संकेत हुन्छ ।

 

यदि कसैले तपाईंको क्यामेरामा पहुँच पाएको छ भने तपाईंको स्क्रिनमा क्यामेराको आइकन देखापर्छ । यसको अर्थ हो कुनै ह्याकर वा कुनै मालिसियस एपले तपाईंको क्यामेरा र माइक्रोफोनमा पहुँच पाए/नपाएको तपाईंले सहजै थाहा पाउन सक्नुहुन्छ ।

 

त्यस्तैगरी एन्ड्रोइड १२ ले अब तपाईंले प्रयोग गरिरहनु भएको कुन एपले संवेदनशील सूचनामा पहुँच पाइरहेको छ भनेर पनि थाहा पाउनसक्छ ।

 

क्यामेरा, माइक्रोफोनसहित तपाईंको लोकेसन, क्यालेन्डर, कल लग, फाइल लगायत अन्य डेटामा कुन एपको पहुँच छ भनेर यो नयाँ ओएसले पत्ता लाउनेछ ।

यसका लागि प्रयोगकर्ताले प्राइभेसी ड्यासबोर्डलाई एक्टिभ गर्नुपर्ने हुन्छ । सेटिङमा गएर प्राइभेसी अप्सनमा गएर त्यहाँ उपलब्ध ‘प्राइभेसी ड्यासबोर्ड’ मा क्लिक गरेर कुन एपले तपाईंको कुन डेटामा पहुँच पाइरहेको छ भनेर थाहा पाउन सकिन्छ ।

https://www.techpana.com/2021/110974/