काठमाडौं । मेटा अन्तर्गतको सामाजिक सञ्जाल फेसबुकले बोलेरै पोस्ट तथा कमेन्ट गर्न सकिने फिचर ल्याउने भएकाे छ । फेसबुकमा सबै प्रकारका प्रयोगकर्ताले पोस्ट गर्न तथा कमेन्ट गर्न सकुन् भन्ने उद्देश्यसहित कम्पनीले यो फिचर ल्याउन लागेकाे हाे ।

 

प्राप्त जानकारी अनुसार फेसबुकले अब प्रयोगकर्तालाई कुनै पनि पोस्टमा १० सेकेन्डसम्मको भ्वाइस कमेन्ट गर्ने विकल्प उपलब्ध गराउने छ । साथै भ्वाइस कमेन्ट गर्दा ‘भ्वाइस इफेक्ट’ समेत उपलब्ध गराउने छ ।

यो फिचर हाल परीक्षणको क्रममा रहेको उल्लेख छ । प्रतिवेदन अनुसार यो फिचर सामान्य पोस्ट र कमेन्ट जस्तै हुनेछ ।

 

यसको अर्थ जसरी हाल पोस्टको लागि टाइप गर्नुपर्छ, त्यसरी नै टाइप गर्ने स्थानको साइडमा ‘भ्वाइस’ को सिग्नल उपलब्ध हुनेछ ।

 

उक्त सिंग्नलमा क्लिक गरी तपाईंले बोलेर टाइप गर्न सकिने छ । कमेन्टको हकमा पनि कमेन्ट बक्समा क्लिक गरेसँगै त्यहाँ भ्वाइस कमेन्टको विकल्प उपलब्ध हुने जनाइएको छ । त्यसमा क्लिक गरेसँगै तपाईंले बोलेर सहजै कमेन्ट गर्न सक्ने जनाइएको छ । 

https://www.techpana.com/2021/111204/