काठमाडौं । एलन मस्कको स्टार्टअप कम्पनी न्युरोलिंकले आउँदो वर्ष अर्थात् सन् २०२२ मा मानव दिमागमा न्युरोलिंक ब्रेन चिप प्रत्यारोपण गर्ने भएको छ । हालै एक पोडकास्ट शोमा बोल्दै मस्कले यो परिक्षण पूर्णरुपमा सफल हुने ठोकुवा गरेका छन् ।

 

यसअघि अप्रिल महिनामा बाँदरको दिमागमा चिप प्रत्यारोपण गरिएको थियो । उक्त परीक्षणमा सफल भएको कम्पनीले आउँदो वर्ष मानव मष्तिस्कमा समेत परीक्षण गरिने भएको हो ।

यसको अर्थ चिपमार्फत अब व्यक्तिको दिमाग सोझै कम्प्युटरसँग जोडिनेछ । यदि यो सफल भएको खण्डमा विशेषगरी पक्षघात भएका मानिसको शरीरलाई नियन्त्रण गर्न सकिने कम्पनीको दाबी छ ।

 

त्यतिमात्रै नभएर मानिसको शरीर कम्प्युटरको सहायताले चल्ने हुँदा सामान्य मानिसको तुलनमा धेरै गुणा बढी सक्रिय हुनसक्ने आँकलन गरिएको छ ।

 

एलन मस्कले सन् २०१६ मा न्युरोलिङ्क कम्पनीको स्थापना गरेका थिए, जो अल्ट्रा हाइ ब्रेन मसिन इन्टरफेस तयार पार्ने कार्यमा जुटेको छ । जो रोगनको पोडकास्ट शोमा बोल्दै मस्कले मानिसको दिमागमा चिप लगाउने काम एउटा रोबोटले गर्ने जानकारी दिए ।

 

उनका अनुसार यो प्रविधि करिब २५ वर्षमा पूर्ण ब्रेन इन्टरफेसको रुपमा समेत तयार हुन सक्नेछ ।

https://www.techpana.com/2021/111247/