काठमाडौं । ह्वाट्सएपले च्याटबाटै क्रिप्टोकरेन्सी आदान प्रदान गर्न सकिने फिचर उपलब्ध गराएको हो । कम्पनीले बेटा भर्सनकाे रूपमा अमेरिकामा केही प्रयोगकर्तामाझ यो फिचर उपलब्ध गराएको हो ।

 

यसका लागि कम्पनीले मेटा अन्तर्गतकै नोभी डिजिटल वालेट प्रयोगमा ल्याएको छ । यसअघि गएको अक्टोबरमा मेटाले नोभी डिजिटल वालेट सार्वजनिक गरेको थियो, जसमा प्रयोगकर्ताले प्याक्स डलर प्रयोग गरी पैसा आदानप्रदान गर्न सक्छन् । 

कम्पनीका अनुसार ह्वाट्सएपमा हुने कारोबार अट्याचमेन्टको रुपमा प्राप्त हुनेछ । जुन प्रयोगकर्ताले तत्कालै वालेटमा प्राप्त गर्नेछन् । यसका लागि कुनै शुल्क समेत नलाग्ने जनाइएको छ ।

 

यतिसम्म कि नोभीमार्फत बैंकमा पठाएर पैसा निकाल्दा समेत त्यसमा कुनै शुल्क नलाग्ने उल्लेख छ ।

 

कम्पनीका अनुसार पहिलो चरणमा यो पाइलट प्रोजेक्टको रुपमा सुरु गरिएको हो । विस्तारै आवश्यक परिमार्जन गरेर थप प्रयोगकर्तामाझ याे क्रिप्टाे फिचर उपलब्ध गराउने कम्पनीकाे याेजना छ ।

https://www.techpana.com/2021/111392/