काठमाडौं । पछिल्लाे समय युट्युव भिडिओ क्रियटरको संख्या उल्लेख्य रुपमा बढेको छ । यस्तो भिडियो इडिटिङका ससाना कामका लागि प्रोफेसनल इडिटरको आवश्यकता परिरहेको हुन्छ ।

 

तपाईंलाई पक्कै पनि थाहै होला, प्रोफेसनल भिडिओ इडिटरको एक किसिमको न्यूनतम शूल्क हुने गर्दछ । यस्तोमा हरेक साता दुई/तीन वटा भिडियो इडिट गराउनु निकै खर्चिलो काम भइदिन्छ । सुरुमै भिडिओबाट आम्दानी हुने कुरा पनि भएन ।

यस्तोमा अनेक किसिमको खर्चले क्रियटरको उत्साहलाई विस्तारै कम गर्दै लगिरहेको हुन्छ । यदि तपाईं पनि यस्तै समस्यामा हुनुहुन्छ भने आफैं भिडिओ इडिट किन नगर्ने ?

 

तपाईं मोबाइलमा केही एपको सहयोगमा सहजै प्रोफेसनल देखिने भिडिओ इडिट गर्न सक्नुहुन्छ । आज हामी तपाईंलाई मोबाइलमै भिडिओ इडिट गर्न सकिने सबैभन्दा महत्वपूर्ण एपको बारेमा बताउँदै छौं । 

 

काइन मास्टर

 

काइन मास्टरको प्रयोग लामो समयदेखि हुँदै आएको छ । भिडिओ इडिटिङका लागि उपलब्ध केही विकल्पमध्येको यो केही समय पहिलेसम्म सबैभन्दा अगाडि थियो ।

यो एक उत्कृष्ट भिडिओ इडिटिङ एप हो । यदि एक पटक तपाईंले यसका सबै फंसनलाई राम्रोसँग बुझ्नुभयो भने अर्को कुनै एपको आवश्यकता नै महसुस गर्नुहुने छैन ।

यसमा कयौं एड्भान्स फिचर पनि छन् । जसले इडिटिङका लागि ग्रिन स्क्रिन, ब्याकग्राउन्ड रिमुभल आदि जस्तो गज्जबको सुविधा दिने गर्दछन् ।

 

वाटरमार्क सहित यो एपको प्रयोग निःशुल्क रुपमा गर्न सकिन्छ । तर यसलाई हटाउनका लागि भने तपाईंले सब्सक्रिप्सन लिनुपर्ने हुन्छ ।

यो एपमा कयौं यस्ता फिचर छन् जसले यसलाई प्रिमियम भिडिओ इडिटिङ सफ्टवेयरको क्याटेगरीमा सामेल गराउँदछ । यो एप एन्ड्रोइड भर्सन ५.० वा त्यसभन्दा माथिल्ला भर्सनमा काम गर्दछ । 

यदि तपाईंको फोन यसभन्दा तल्लो भर्सनको छ भने यो एप प्रयोगमा केही झन्झट आउन सक्छ ।

एण्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

 

भिडिओशोः

भिडियोशो एपको प्रयोग पनि धेरैले गर्दछन् । यसको सबैभन्दा राम्रो विशेषता भनेकै ययसबाट तपाईं एचडी क्वालिटीको भिडिओ इडिट गर्न सक्नुहुन्छ ।

जब तपाईं यो एपको माध्यमबाट कुनै इडिटिङ सुरु गर्नुहुन्छ, त्यसका लागि तपाईंले एउटा थिम छनौट गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले भिडिओमा राख्न चाहेका फोटोहरुलाई छनौट गर्नुपर्ने हुन्छ ।

यसरी केही मिनेटमै एपले भिडिओ तयार पार्दछ । यस बाहेक तपाईं टेक्स्ट समेत आफ्नो रुचीको स्टाइलमा चयन गर्न सक्नुहुन्छ ।

यसमा तपाईं ब्याकग्राउन्ड म्युजिक राख्न सक्नुहुन्छ । दुई वा सोभन्दा बढी भिडिओ एकसाथ जोड्न पनि सक्नुहुन्छ ।

भिडिओ कतै स्ट्रिम गर्ने अप्सन पनि यो एपले दिन्छ । यो एप प्रयोग गर्न सिक्ने कुरामा पनि धेरै समय लाग्दैन ।

यो भिडिओ इडिटिङ एपमा जुम इन, जुम आउट जस्ता कयौं आकर्षक फिचर समेत छन् ।

पछिल्लो समय यो एप रुचाउने प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । यो एप प्रयोग गर्न तपाईंको फोनमा एन्ड्रोइड ४.१ वा त्यसभन्दा माथिको भर्सन हुन जरुरी छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पावरडिरेक्टरः

पावरडिरेक्टर एप पनि भिडिओ इडिटिङका लागि धेरै प्रयोगकर्ताले रुचाएको एप हो । यद्यपी प्रोफेसनल काम गर्ने प्रयोगकर्ताले यसको प्रयोग बढी मात्रामा गर्दछन् ।

यो मोबाइलसँगै विण्डोजका लागि पनि उपलब्ध छ । अधिकतर युट्युबर यो एप प्रयोग गर्न रुचाउँछन् ।

यसमा ग्रिन स्क्रिन, स्ट्रिम, स्प्लाइस, रोटेट, ब्राइटनेस कन्ट्रोल जस्ता इडिटिङका सबै प्रिमियम फिचरहरु देख्न पाइन्छ । एपमा तपाईंले पीआईपी अर्थात पिक्चर इन पिक्चरको सपोर्ट समेत पाउन सक्नुहुन्छ । 

यद्यपी यी फिचर कमजोर प्रोसेसर भएका स्मार्टफोनमा भने काम गर्दैनन् । त्यसो त तपाईं यसको प्रयोग निःशुल्क रुपमा गर्न सक्नुहुन्छ ।

तर त्यसमा वाटरमार्क रहने गर्दछ । यसलाई हटाउनका लागि तपाईंले सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।

यो एप एन्ड्रोइड भर्सन ४.४ वा त्यसपछिका भर्सन भएका फोनमा काम गर्दछ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

भिटाः

यदि तपाईं युट्यबुर बन्न चाहनुहुन्छ भने यो एप तपाईंका लागि उपयोगी हुन सक्छ । यसको सबैभन्दा राम्रो पाटो के छ भने यो सम्पूर्ण रुपमा निःशुल्क छ ।

भिटाको सहयोगमा तपाईं गज्जबको भिडिओ इडिटिङ गर्न सक्नुहुन्छ । यदि तपाईं फोटोबाट सानदार भिडिओ बनाउन चाहनुहुन्छ भने यो एप तपाईंका लागि गतिलो विकल्प हुन सक्छ ।

फोटोका लागि तपाईंले एपलाई केही प्रमिसन दिनुपर्ने हुन्छ । यसमा तपाईंले ब्याकग्राउन्ड म्युजिक समेत राख्न सक्नुहुन्छ ।

यो एपमा इडिटिङका लागि प्रोफेसनल भिडिओ तयार पार्न सकिने टूल तथा फिचरहरु छन् । यसको सेटिङमा गएर तपाईं वाटरमार्क राख्ने वा नराख्ने भन्ने विकल्प पनि चयन गर्न सक्नुहुन्छ ।

भिटा एपलाई तपाईं गुगल प्ले स्टोरमा सहजै डाउनलोड गर्न सक्नुहुन्छ । करोडौं प्रयोगकर्ताले डाउनलोड गरिसकेको यो एपका लागि एन्ड्रोइड ६.० वा त्यसभन्दा पछिल्लो भर्सन हुन जरुरी छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

इनशटः

इनशट एप पछिल्ला दिनहरुमा युट्युवरको रोजाइको एप बन्दै गएको छ । भिडिओमा क्याप्सन दिनका लागि समेत यसमा सहज छ ।

एकसाथ कयौं लेयर बनाएर यो एपमा भिडिओ इडिटिङ गर्न सकिने सुविधा छ । साथै फरक फरक सामाजिक सञ्जालका लागि भिडिओ फर्म्याट चयन गर्ने विकल्प पनि यसमा पाउन सक्नुहुनेछ ।

एकदमै प्रयोगकर्तामैत्री एपको रुपमा रहेको इनशट कुनै नयाँ प्रयोगकर्ताले केही मिनेटमै सही रुपमा प्रयोग गर्न सक्छन् । यो एप प्रयोग गर्नका लागि निःशुल्क छ ।

एपबाट भिडिओ एक्पोर्ट गर्दा वाटरमार्क आउने गर्दछ । यसलाई हटाउनका लागि भने तपाईंले सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।

यसमा अर्को सुविधा भनेको तपाईंले केही सेकेन्डको भिडिओ हेरेर वाटरमार्क हटाउने विकल्प पनि पाउन सक्नुहुन्छ ।

तपाईं यसबाट अन्दाज लगाउन सक्नुहुन्छ कि यो एप प्रयोग गर्ने प्रयोगकर्ताको अनुभव कस्तो होला । यदि तपाईंको फोनमा एन्ड्रोइड भर्सन ५ वा त्यसभन्दा पछिल्लो भर्सन छ भने यो एप सहजै प्रयोग गर्न सक्नुहुनेछ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.techpana.com/2021/111493/