काठमाडौं । नेपालमा पछिल्लो समय बैंकिङ क्षेत्रमा सबैभन्दा बढी प्रविधिको प्रयोग भइरहेको छ । डिजिटल कारोबार, अनलाइन भुक्तानी, अनलाइन खाता, अनलाइन केवाईसी, अनलाइन कर्जाजस्ता शब्द हाम्रा लागि सामान्य बनिरहेका छन् ।

 

यसैबीच एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित भिडिओ केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । जसमार्फत एक भिडिओ कलबाट ५ मिनेटमै देशविदेशमा रहेका जोकोहीले खाता खोली कारोबार गर्न सक्नेछन् ।

यसरी भिडिओ कलमा आधारित भएर केवाईसी सर्भिस उपलब्ध गराउने एनएमबि नेपालकै पहिलो बैंक हो । परम्परागत जस्तो बैंकमै गएर खाता खोल्नुपर्ने अथवा अनलाइनबाट खाता खोलेर भेरिफाईका लागि बैंक नै पुग्नुपर्ने जस्ता झन्झटको अन्त्य गर्दै बैंकले यो सेवा सुरु गरेको हो ।

 

त्यो हुँदा ग्राहकले एनएमबी बैंकमा भिडिओ कलमार्फत आफ्नो केवाईसी विवरण भेरिफाई गरी अनलाइनबाटै सहजै खाता खोल्ने सक्नेछन् । यही सर्भिसमार्फत हालसम्म विदेशबाटै १२ सयभन्दा बढीले बैंकमा खाता खोलिसकेको बैंकले जनाएको छ ।

 

आज हामी तपाईंलाई एनएमबि बैंकमा भिडिओ केवाईसीमार्फत अनलाइन खाता कसरी खोल्ने भन्ने विषयमा जानकारी दिँदै छौं । 

 

भिडिओ केवाईसीमार्फत खाता खोल्ने तरिका

यसका लागि सुरुमा तपाईंको मोबाइल, ल्यापटप, कम्प्युटरमार्फत बैंकको वेबसाइट खोल्नुहोस् । यदि तपाईं डेक्सटप तथा ल्यापटपमा हुनुहुन्छ भने बैंकको वेबसाइट खुलेसँगै दायाँ साइडको माथि ‘भीकेवाईसी ए/सी ओपनिङ’ भन्ने विकल्प देख्नुहुनेछ ।

तर, यदि तपाईं मोबाइलमार्फत खाता खोल्दै हुनुहुन्छ भने वेबसाइट खोलेसँगै दायाँ साइडको माथि ‘तीन धर्का’ जस्तो मेन्यु देख्नुहुनेछ । उक्त मेन्युमा क्लिक गर्दा विभिन्न विकल्प देखा पर्नेछन् । त्यसमध्ये ‘भीकेवाईसी ए/सी ओपनिङ’ मा क्लिक गर्नुहोस् ।

 

त्यसमा क्लिक गरेसँगै नयाँ पेज खुल्नेछ । त्यहाँ केही सर्तहरू रहेका छन् । उक्त सर्तहरुको अन्त्यमा रहेको ‘बक्स’ मा क्लिक गरी सर्त पालना गर्नुहोस् ।

त्यसको तल ‘बेनिफिसियल ओनर’ मा ‘एस’ र ‘नो’ भन्ने दुई विकल्प रहेको छ । यदि तपाईंले ‘एस’ मा क्लिक गर्नुभयो भने तपाईंले खाता खोल्नका लागि बैंकमै जानुपर्छ । त्यो हुँदा ‘नो’ अप्सनमा क्लिक गरी अन्त्यमा रहेको ‘नेक्स्ट’ मा क्लिक गर्नुहोस् ।

त्यति गरेसँगै भिडिओ केवाईसीका लागि आवश्यक सिस्टम जाँच हुनेछ । यसको अर्थ तपाईंको ब्राउजरले भिडिओ केवाईसी सपोर्ट गर्छ/गर्दैन ? भिडिओका लागि क्यामेरालाई एक्सेस दिएको छ वा छैन ? माइक्रोफोनलाई एक्सेस छ कि छैन ? लोकेनसन अन छ वा छैन ? भन्ने विषय वेबसाइटले निर्धारण गर्नेछ ।

यदि छ भने सबै विषयको दायाँ साइटमा ‘ठीक’ चिन्न लाग्ने छ, यदि छैन भने ‘क्रस’ चिन्न देखिनेछ ।

 

क्रस चिन्न देखिएको खण्डमा तपाईंले मोबाइल सेटिङमा गएर प्राइभेसी प्रोटेक्सनमा गई क्यामेरा, माइक्रोफोन लगायतमा आफूले प्रयोग गर्ने ब्राउजरलाई एक्सेस दिन सक्नुहुनेछ ।

त्यति गरेसँगै अब अन्त्यमा रहेको ‘नेक्स्ट’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले आफू रहेको देश, देशको कोड, मोबाइल नम्बर र इमले हाली ‘नेक्स्ट’ मा क्लिक गर्नुहोस् ।

‘नेक्स्ट’ गरेसँगै अब तपाईंको मोबाइलमा ‘ओटीपी कोड’ प्राप्त हुनेछ । यदि तपाईं विदेशमा हुनुहुन्छ भने तपाईलाईं इमेलमा ओटीपी कोड प्राप्त हुनेछ ।

अब ईमेलले तथा मोबाइलमा आएको कोड हाली भेरिफाई गर्नुहोस् । त्यति गरेसँग अब तपाईंले आफ्नो व्यक्तिगत जानकारी भर्नुपर्ने हुन्छ ।

व्यक्तिगत जानकारी भरेसँगै अन्त्यमा रहेको ‘नेक्स्ट’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले नागरिकता अथवा पासपोर्टको जानकारी राख्नुपर्ने हुन्छ ।

त्यसरी नै तपाईंले आफू बस्ने स्थान, कामको जानकारी, नोमिनिजको जानकारी, अन्य बैंकमा खाता भएमा त्यसको जानकारी, तपाईंलाई खाता खोल्न सहज हुने बैंकको शाखा र आफूले कुन कुन सर्भिस-चेक, डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ) लिन चाहेको हो छनोट गर्नुपर्ने हुन्छ ।

यति भरेसँगै अन्त्यमा भिकेवाईसी अर्थात भिडिओ केवाईसी आउनेछ । भिडिओ केवाईसी तपाईंले तत्कालै पनि लिन सक्नुहुनेछ । तर, विचार गर्नुहाेस् भिडिओ केवाईसी अफिस आवरमा मात्रै चल्नेछ ।

यदि तपाईं तत्कालै भिडिओ केवाइसी गर्न चाहनुहुन्न भने ‘सेड्युल’ गरी आफूलाई पायक पर्ने सयमा लिन सक्नुुहुनेछ ।

सोही अनुसार बैंकले तपाईंलाई भिडिओ कल गर्नेछ । भिडिओ केवाईसी भनेको तपाईंले अनलाइन उपलब्ध गराउने भएको प्रमाणहरु ठीक छ भनी भेरिफाई गर्ने प्रक्रिया हो ।

त्यो हुँदा तपाईंले नागरिकता अथवा पासपार्टको सक्कल, साधा पेपर र पेन लिएर बस्न आवश्यक हुन्छ । त्यसरी बस्दा तपाईंले लाईट भने मिलाउन आवश्यक छ । किनभने तपाईंको फेस भिडिओमा क्लियर रुपमा देखिन आवश्यक हुन्छ ।

त्यो हुँदा बैंकले तपाईंका डकुमेन्ट भिडिओमार्फत नै भेरिफाइ गर्नेछ । त्यसरी डकुमेन्ट भेरिफाइ भएसँगै तपाईंको खाता तुरुन्तै खुल्नेछ । भने, तपाईंले आफ्नो कारोबार सुरु गर्न सक्नुुहुनेछ । 

https://www.techpana.com/2021/111485/