काठमाडौं । इन्टरनेट ब्राउजरमा गुगल क्रोमले अधिपत्य नै जमाएको छ भन्दा कुनै फरक पर्दैन । किन भने विश्वमा प्रयोग हुने ब्राउजर मध्य क्रोम एक्लैको बजार हिस्सा ६५ प्रतिशतको हाराहारीमा रहेको छ ।

 

तर, पछिल्लो सयम प्रयोगकर्ता विस्तारै क्रोमबाट अन्य ब्राउजरतर्फ गइरहेको   अध्ययन प्रतिवेदनले देखाएको छ । गुगल क्रोमले प्रयोगकर्ताको गोपनीयता कायम गर्न नसकेको भन्दै यसको आलोचना हुनेगरेको छ ।

यस्तोमा प्रयोगकर्ता आफ्नो गोपनियताका लागि विभिन्न विकल्पहरू खोजी रहेका छन् । जसको प्रतिफल ब्रेभ, माइक्रोसफ्ट एज जस्ता ब्राउजरमा विस्तारै प्रयोगकर्ता रूपान्तरण भइरहेका छन् ।

 

पछिल्लो अध्ययन प्रतिवेदन अनुसार माइक्रोसफ्ट एजले पहिलो पटक विश्व ब्राउजरको बजारमा ४ प्रतिशत भन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ । कुनै समय गुमनाम जस्तै यो ब्राउजर गत वर्षबाट क्रोमियममा आधारित भएर नयाँ रुपमा आएको थियो ।

 

यो सँगै यसले निकै चर्चा बटुली रहेको छ । भने, प्रयोगकर्ता विस्तारै माइक्रोसफ्ट एजतर्फ मोडिएका छन् । हाल क्रोमको बजार हिस्सा ५४.०४ प्रतिशत रहेको छ । जुन अघिल्लो महिनाको तुलनामा १.२३ प्रतिशतले कमी हो । अघिल्लो महिनासम्म गुगलको क्रोमको बजार हिस्सा ६५.२७ प्रतिशत रहेको थियो ।

 

यसरी क्रोमका प्रयोगकर्ता घट्नु र माइक्रोसफ्ट एजका ग्राहक थपिनुले प्रयोगकर्ता माइक्रोसफ्ट एजतर्फ गइरहेको देखिएको छ ।

https://www.techpana.com/2021/111659/