काठमाडौं । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातकोत्तर (मास्टर्स) तहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अध्यापन सुरू गरेको छ ।

 

विश्वविद्यालयले सोमबार ‘मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एम.टेक इन एआई) मा भर्ना भएका विद्यार्थीका लागि ओरियन्टेसन क्लास सम्पन्न गरेको छ ।

नियमित रुपमा पुस ५ गतेदेखि यो कक्षा सञ्चालन हुने जनाइएको छ । चार सेमेस्टर/दुई वर्षे यो कोर्षमा एआई र डेटा साइन्सको विषयलाई विशिष्टिकृत गरिएको कम्प्युटर साइन्स एवं इन्जिनियरिङ विभागका प्रमुख बालकृष्णले बलले बताए ।

 

यो कोर्षका लागि कलेज शुल्क तीन लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । हाल १० जनाको सिट राखेर कक्षा सञ्चालन गरिएको बलले जानकारी दिए ।

 

‘विश्वव्यापी रुपमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र माग बढिरहेका बेला नेपालमा पनि सम्बन्धित क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने सोचले यो कोर्ष सुरु गरिएको हो,’ उनले टेकपानासँग भने ।

https://www.techpana.com/2021/111830/