काठमाडौं । नेपालमा फोरजी सेवा सुरु भएको करिब पाँच वर्ष बित्न लाग्यो । विं.स. २०७३ पुसदेखि नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको थियो । त्यसको केही समयपश्चात अर्को दूरसञ्चार कम्पनी एनसेलले पनि आफ्ना प्रयोगकर्तालाई फोरजी सेवा उपलब्ध गराउन थाल्यो ।

 

तर याे अवधिसम्म अझै पनि देशका सम्पूर्ण भागमा फोरजी विस्तार हुन सकेको छैन् । फोरजी सेवा विस्तार भएका ठाउँमा पनि प्रयोगकर्ताले गुणस्तरीय फोरजी सेवाको अनुभव गर्न पाएका छैनन् । किनभने विश्व परिवेशमा हेर्ने हो भने फोरजीको स्पिड १०० एमबी प्रतिसेकेण्डसम्म हो ।

तर, नेपालमा फोरजी सेवा सुरु गर्दा सेवाप्रदायकले ३२ एमबी प्रतिसेकेण्डसम्म उपलब्ध हुने दाबी गरेका थिए । तर अहिले प्रयोगकर्ताले बढीमा १० एमबीपीएस सम्ममात्रै पाएका छन् ।

 

त्यो हुँदा फोरजी गुणस्तरलाई विस्तार गर्ने योजनासहित दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले केही समयअघि न्यूनतम स्पिडको विषयमा बोलेको थियो ।

 

बोलकबोलबाट एनसेलले १८०० सय ब्याण्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको फ्रिक्वेन्सी उपलब्ध गराउँदै फोरजीको गुणस्तरका साथै अन्य विषयमा सेवाप्रदायकलाई सर्त राखेको थियो ।

 

सोही सर्तमा गएको कात्तिकमा नेपाल टेलिकमलाई १८०० ब्याण्डमा ५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको थियो । जसमा गाउँपालिकाको हकमा सन् २०२२ सम्म फोरजी सेवा उपलब्ध गराइसक्नु पर्नेछ ।

यसको अर्थ सन् २०२२ भित्र कम्पनीहरुले नेपालका ९५ प्रतिशत ग्रामीण भेगमा फोरजी सेवा विस्तार गर्नुपर्नेछ ।

त्यस्तै ९५ प्रतिशत पर्यटकीय क्षेत्र विषेशगरी हाईवे, राष्ट्रिय निकुञ्जमा सन् २०२२ भित्र फोरजीको पहुँच विस्तार गर्नुपर्ने सर्त राखिएको थियो । सन् २०२२ सम्म एनसेलले तीन हजार नयाँ फोरजी साइट विस्तार गर्नुपर्नेछ ।

 

प्रयोगको हिसाबले एनसेलको फोरजीको स्पिड सहरी भेगमा न्यूनतम २० एमबीपीएस र ग्रामीण भेगमा १० एमबीपीएस हुनुपर्ने लगायतका सर्त प्राधिकरणले राखेको थियो ।

यो हिसाबले सेवाप्रदायकले सन् २०२२ भित्र ग्राहकलाई २० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउनुपर्नेछ । 

https://www.techpana.com/2021/112018/