काठमाडौं । दुई ठूला प्रविधि कम्पनी आईबीएम र सामसङले संयुक्त रुपमा नयाँ सेमिकण्डक्टरको डिजाइन तयार पारेका छन् । जसबाट मोबाइलको ब्याट्री एक हप्तासम्म टिक्ने जनाइएको छ ।

 

यी दुई कम्पनी लामो समयदेखि यस विषयमा अध्ययनमा जुटेका थिए । सोही अध्ययनले नयाँ सेमिकण्डक्टरको डिजाइन तयार पारेको हो । जसलाई भर्टिकल ट्रान्सपोर्ट फिल्ड इफेक्ट ट्रान्जिस्टर (भीटीएफईटी) नाम दिइएको छ ।

जुन यसअघिको ट्रान्जिस्टर फिनएफईटीको तुलनामा बढी प्रभावकारी रहेको जनाइएको छ ।

 

अध्ययनअनुसार नयाँ सेमिकण्डक्टले हाल प्रयोग भइरहेको सेमिकण्डक्टको तुलनामा ८५ प्रतिशत कम इनर्जी खपत गर्ने जनाइएको छ ।

 

भीटीएफईटीले इलेक्ट्रिकल करेन्ट भर्टिकल रुपमा पास गर्नेछ । त्यो हुँदा ट्रान्जिस्टर स्विचको स्पिडलाई बढाएर पावर खपतलाई कम गर्ने आईबीएमले जनाएको छ ।

https://www.techpana.com/2021/112109/