काठमाडौं । गुगल र फेसबुकलाई पछि पार्दै टिकटक सबैभन्दा धेरै हेरिने वेबसाइट बनेको छ ।

 

इन्टरनेट ट्राफिक ट्र्याक गर्ने क्लाउड इन्फ्रास्ट्रक्चर कम्पनी क्लाउडफ्लेयर इंकको एक प्रतिवेदनमा टिकटक डटकम विश्वमै सबैभन्दा धेरै भिजिट भएको वेबसाइट पाइएको हो ।

 

टिकटकले गुगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, नेटफ्लिक्स, युट्युवजस्ता वेबसाइटलाई पछि पारेको हो । प्रतिवेदनअनुसार धेरै हेरिने शीर्ष १० वेबसाइटमध्ये टिकटक एक मात्र गैरअमेरिकी वेबसाइटको रुपमा रहेको छ ।

 

विश्वभरबाट टिकटकका मासिक एक अर्ब प्रयोगकर्ता छन् ।

 

यसैबीच वालस्ट्रिट जर्नलले गरेको अनुसन्धानले टिकटकमा हुने ‘सेन्सुअल कन्टेन्ट’ मा भिडिओ शेयरिङ एपको एल्गोरिदमले नराम्रो प्रभाव पारेको तथ्य पत्ता लगाएको छ । 

 

यस्ता छन् धेरै हेरिने शीर्ष १० वेबसाइट :

  1. TikTok.com
  2. Google.com
  3. Facebook.com
  4. Microsoft.com
  5. Apple.com
  6. Amazon.com
  7. Netflix.com
  8. YouTube.com
  9. Twitter.com
  10. WhatsApp.com

https://www.techpana.com/2021/112777/