काठमाडौं । क्रिसमस लागेसँगै ह्याकरले त्यसको फाइदा उठाएर अर्बौं प्रयोगकर्ताको पासवर्ड ह्याक गरेका छन् । जसबाट सबैभन्दा बढी जिमेल र माइक्रोसफ्ट आउटलुकका प्रयोगकर्ता प्रभावित भएको उल्लेख गरिएको छ । यो सँगै साइबर विज्ञले प्रयोगकर्तालाई सुरक्षित रहन आग्रह गरेका छन् ।

 

साइबर सेक्युरिटी कम्पनी आर्कोसका साइबर विज्ञका अनुसार ठूलोमात्रामा प्रयोगकर्ताको युजरनेम र पासवर्ड अनलाइनमा अपलोड भएको छ । जसमा धेरैमात्रामा नयाँ पासवर्ड समेत रहेका छन् । उक्त पासवर्ड ह्याकरले प्रयोगकर्ताको अन्य सोसल मिडिया अकाउण्ट, बैंकिङ अकाउण्टमा प्रयोग गरिरहेको जनाइएको छ ।

 

विज्ञका अनुसार यो वर्षमात्रै ह्याकरले ५ अर्ब ५० करोड भन्दा बढी पासवर्ड ह्याक गरेका छन् । जसमध्ये २२ करोड भन्दा बढी पासवर्ड नयाँ रहेको छ । उक्त पासवर्ड क्रिसमस नजिकिँदै गर्दा प्रयोगकर्ताको व्यस्तताको फाइदा उठाउँदै निकालिएको हुने सक्ने आँकलन गरिएको छ ।

 

ह्याकरले प्रयोगकर्ताको महत्वपूर्ण जानकारी संकलन गर्ने र त्यसलाई बिक्री गर्ने गरेको समेत जनाइएको छ । त्यतिमात्रै नभएर प्रयोगकर्ताको बैंकिङ अकाउण्ट समेत पहुँच बनाइरहेका छन् । यस्तोमा प्रयोगकर्तालाई आफ्नो पासवर्ड परिवर्तन गरी त्यसलाई सुरक्षित राख्न समेत आग्रह गरिएको छ । 

https://www.techpana.com/2021/112918/