काठमाडौं । क्रिसमस र नजिकैदै गरेको अंग्रेजी नयाँ वर्षको छुट्टीको अवसर पारेर टेस्लाले आफ्नो कारको सफ्टवेयरमा नयाँ अपडेट ल्याएकाे छ । ‘एनुअल होलिडे सफ्टवेयर अपडेट’ अन्तर्गत विभिन्न फिचरसँगै टेस्लाले कारलाई ‘मेगाफोन’ को रुपमा पनि प्रयोग गर्न मिल्ने बनाएको छ ।

 

यद्यपि यो नयाँ अपडेट २०१९ पछिका टेस्ला कारमा मात्र उपलब्ध हुनेछ ।  किनभने यसको लागि एक्स्टर्नल स्पिकरहरूको आवश्यकता पर्छ र सो स्पिकर टेस्लाको नयाँ मोडलहरूमा मात्र उपलब्ध छ ।

 

यो नयाँ अपडेटमा ‘मेगाफोन’ भन्ने फिचर छ, जसअन्तर्गत ड्राइभरले बोलेको कुरा गाडीले दोहोर्‍याउन सक्छ । यसको अर्थ गाडीमै बसेर गाडीबाहिरका मान्छेसँग कुरा गर्न सकिन्छ ।

 

स्पिकरमा जोडिएको भोइस इफेक्टका कारण ड्राइभरले बोलेको कुरा सबै गाडीबाहिर सुन्न सकिन्छ । टेस्लाले आफ्नो कारको एक्स्टर्नल स्पिकरको प्रयोगको लागि ल्याएको यो पहिलो प्रयास भने होइन ।

 

गत वर्ष पनि टेस्लाले ‘बुमबक्स मोड’ भन्ने नयाँ अपडेट ल्याएको थियो, जसअन्तर्गत सवारी चालकले गाडीको हर्नको आवाज आफ्नो अनुसार परिवर्तन गर्न सक्थ्यो र आफूले चाहेको अडियो क्लिप पनि हर्नको रुपमा प्रयोग गर्नमिल्ने फिचर ल्याएको थियो ।

https://www.techpana.com/2021/113105/