काठमाडौं । यदि कसैले संसारमा सबैभन्दा धेरै हेरिने वेबसाइट कुन हो भनेर सोध्यो भने, तपाईंले पक्कै गुगल भन्नुहुनेछ । यद्यपि, क्लाउड सेवा कम्पनी क्लाउडफ्लेयरका अनुसार, सुन्दर पिचाई नेतृत्वमा रहेको गुगल २०२१ को सबैभन्दा धेरै भिजिट गरिएको वेबसाइट होइन ।

 

शर्ट भिडिओ प्लेटफर्मका रुपमा लोकप्रिय भइरहेको टिकटक यो वर्षको धेरै हेरिने वेबसाइटकाे सूचीमा पहिलाे स्थानमा परेको छ । क्लाउडफ्लेयरका अनुसार यस वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा र गत अगष्टयता गुगललाई पछि पार्दै टिकटक पहिलो स्थानमा कायम छ ।

 

टिकटकले गुगलसँगै फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, नेटफ्लिक्स, युट्युवजस्ता वेबसाइटलाई पछि पारेको हो । प्रतिवेदनअनुसार धेरै हेरिने शीर्ष १० वेबसाइटमध्ये टिकटक एक मात्र गैरअमेरिकी वेबसाइटको रुपमा रहेको छ ।

 

विश्वभरबाट टिकटकका मासिक एक अर्ब प्रयोगकर्ता छन् ।

 

यस्ता छन् धेरै हेरिने शीर्ष १० वेबसाइट :

 
  1. TikTok.com
  2. Google.com
  3. Facebook.com
  4. Microsoft.com
  5. Apple.com
  6. Amazon.com
  7. Netflix.com
  8. YouTube.com
  9. Twitter.com
  10. WhatsApp.com

https://www.techpana.com/2021/113165/