काठमाडौं । मोबाइल गेम फ्रि फायरको अन्तराष्ट्रिय प्रतिस्पर्धा ‘वर्ल्ड स्पोर्टस् कप’ को फाइनलमा चार नेपाली टिम छनोट भएका छन् । १ लाख ८ सय अमेरिकी डलर अर्थात एक करोड २० लाख भन्दा बढी पुरस्कार राशी रहेको प्रतिस्पर्धामा नेपालको तर्फबाट चार टिम छनोट भएका हुन् । 

 

नेपाल, भारत र पाकिस्तानबीच चलिरहेको यो प्रतिस्पर्धामा नेपालको तर्फबाट टुबी गेमर, टोण्डे गेमर, बडा ग्याङ र ब्रदरहुड फाइनलमा पुगेका छन् । त्यस्तै भारत र पाकिस्तानबाट ४–४ टिम गरी कूल १२ ओटा टिम फाइनलमा पुगेका हुन् ।

 

यो प्रतियोगिताको फाइनल सोमबारबाट सुरु भएर शुक्रबारसम्म चल्नेछ । जसमा पहिलो हुने टिमले ४७ हजार ४४ अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो र तेस्रो टिमले क्रमश: २० हजार १६२ र १० हजार ७५३ अमेरिकी डलर प्राप्त गर्ने जनाइएको छ । 

https://unelma.io/emDpP