काठमाडौं । आफ्नो बैंक खातामा रहेको नगद झिक्न तपाईँ पक्कै पनि एटीएममा त जानु नै हुन्छ । आफूले नभोगेको भए नगद निकाल्दा पैसा एटीएममा फसेको घटना त सुन्नु भएकै होला ।

 

त्यसैले आज हामी तपाईंलाई यस्तो विषयमा बताउँदै छौँ, जुन गल्तीका कारण एटीएममा रकम फस्न सक्छ । यद्यपि यस किसिमको घटना केही सीमित व्यक्तिहरूले मात्र भोग्नुपरेको हुन्छ ।

 

यदि तपाईँमाथि पनि यस किसिमको घटना घटेर हैरानी खेप्नुपर्ने अवस्था नआओस् भन्ने कुरालाई मध्यनजर गर्दै  आज हामी त्यसका लागि अपनाउनु पर्ने सावधानीको विषयमा बताउँदै छौँ । 

 

१. ट्रान्जेक्सन अर्थात कारोबार पूरा हुन दिनुहोस्

 

एटीएमले ट्रान्जेक्सनका दौरान अन्य कुनै पनि बटन दबाउने गल्ती नगर्नुहोस् । टच स्क्रिनमा नछुनुहोस् ता कि मसिनमा गलत किसिमको कमान्ड अर्थात निर्देशन जाने अवस्था नआओस् ।

 

केही व्यक्तिहरू एटीएमलाई रकम झिक्ने कमान्ड दिइसकेपछि पनि स्क्रिनमा बटन दबाइराख्ने कार्य गर्दछन् । जसका कारण एटीएममा गलत किसिमको कमान्ड जाने गर्दछ र सुरक्षाको हिसाबले एटीएम मसिनमा रकम फस्ने अवस्था आउँछ ।

यदि तपाईंले पनि यस्तै किसिमको व्यवहार अपनाउने गर्नु भएको छ भने अबका दिनमा यस विषयमा अवश्य विचार पुर्‍याउनुहोस् । 

२. नगद झिक्दा अबेर नगर्नुहोस्

 

एटीएमबाट कति रकम झिक्ने भन्ने कुरा निश्चित गरिसकेपछि अगाडिको प्रक्रिया पूरा गर्नका लागि कन्फर्म वा प्रोसिड बटनमा दबाउनुपर्ने हुन्छ । त्यसपछि एटीएमबाट नगद रकम निस्किन थाल्छ ।

जब नगद बाहिर आउँछ, तुरुन्तै मसिनबाट हातमा लिनुहोस् । यदि तपाईंले त्यस समय ढिलाई गर्नु भयो भने तपाईंको रकम या त फस्ने गर्छ अथवा फेरि भित्र जाने गर्छ । 

३. दोहोर्‍याएर मसिनमा कार्ड नछिराउनुहोस्

यदि तपाईं एटीएमले ट्रान्जेक्सन अगाडि बढाइरहँदा पुनः कार्ड भित्र हाल्ने प्रयास गर्नुहुन्छ भने त्यसले समेत तपाईंको रकम फस्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले ट्रान्जेक्सन पूरा भएर रकम बाहिर ननिस्किएसम्म पुनः एटीएम कार्ड मसिनमा राख्ने गल्ती नगर्नुहोस् । 

 

अन्त्यमा यदि सावधानी अपनाउँदा अपनाउँदै एटीएममा आएको प्राविधिक गडबडीका कारण तपाईंको रकम वा कार्ड केही गरी मसिनमा अड्किन पुग्यो भने पनि नआत्तिनुहोस् ।

एटीएम मसिन वरपर रहेका बैंक कर्मचारी वा गार्डलाई जानकारी गराउनुहोस् । यदि त्यो सम्भव भएन भने आफ्नो खाता रहेको बैंक वा सम्बन्धित बैंकको ग्राहक सेवा केन्द्रमा फोन गरेर जानकारी गराउनुहोस् । 

https://unelma.io/R6CME