काठमाडौं । क्रिप्टो ब्राउजर प्रोजेक्ट अन्तर्गत ओपेराले नयाँ वेब ब्राउजरको बेटा भर्सन सार्वजनिक गरेको छ, जसलाई प्रयोगकर्ताले वेब थ्रीका लागि सहजै प्रयोग गर्न सक्नेछन् ।

 

यसको बेटा भर्सन विण्डाेज, आईओएस र एन्ड्रोइड अन्तर्गतका सबै ल्यापटप, म्याक र मोबाइल डिभाइसमा उपलब्ध भइसकेको छ ।

 

यो योजना अन्तर्गत ओपेराले डिसेन्ट्रलाइज एप्लिकेसन प्रयोगका साथै गेम लन्च र मेटाभर्स प्लेटफर्मलाई क्रस-प्लेटफर्म इन्टरएक्सन मार्फत सहज प्रयोगमा ल्याउने लक्ष्य राखेको छ ।

 

सन् २०१८ मा नै ओपेराले इन-बिल्ट क्रिप्टोकरेन्सी वालेट र बेसिक वेब थ्री सपोर्ट सर्भिस सहितको आफ्नो पहिलो वेब ब्राउजर सार्वजनिक गरेको थियो । तर यो ब्राउजरको नयाँ भर्सनले भने क्रिप्टो ब्राउजर प्रोजेक्टलाई नयाँ उचाइमा लाने कम्पनीले आफ्नो ब्लग मार्फत बताएको छ ।

 

ओपेराले इथेरियमको सपोर्टमा आफ्नो नयाँ ब्राउजरमा ब्युल्ट-ईन क्रिप्टो वालेट उपलब्ध गराएको छ । सो ब्युल्ट-इन क्रिप्टो वालेट भविष्यमा ठूला ब्लकचेन प्लेटफर्महरूसँग कम्प्याटेबल (प्रयोग गर्न उपयुक्त) हुनेछ ।

 

ओपेराले पोलिगन, सोलाना, नर्भस नेटवर्क तथा सेलो प्रोजेक्ट लगायतसँगको सहकार्यमा सो वालेट प्रयोगमा ल्याउन लागेको हो । तीमध्ये पोलिगनसँग २०२२ को पहिलो त्रैमासिकमा नै ब्राउजर इन्ट्रिगेट गरिने ओपेराले जनाएको छ ।

कम्पनीका अनुसार यो ब्राउजर प्रयोग गरेर प्रयोगकर्ताले क्रिप्टोकरेन्सी खरिद गर्न, क्रिप्टोकरन्सीहरूको आदानप्रदान गर्न अथवा एनएफटीको ग्यालेरीमा पहुँच पनि पाउन सक्छन् ।

त्यस्तै यो ब्राउजरले इथेरियम ब्लकचेनमा टोकन क्रियट गर्न ईआरसी-२औ स्टान्डर्ड पनि सपोर्ट गर्छ भने एनफटी क्रियट गर्नको लागि ईआरसी-७२१ स्ट्यान्डर्ड पनि सपोर्ट गर्छ । 

 

ओपेराको नयाँ ब्राउजरको बेटा भर्सन प्रयाेग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । विण्डोजका लागि यहाँ क्लिक गर्नुहोस् । त्यस्तै म्याकका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://unelma.io/WYhGm