काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न अष्ट्रेलियाले चासो देखाएको छ ।

 

साेमबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेट गर्दै नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी जान भोल्कले नेपाली बजारमा विद्युतीय सवारी प्रवर्द्धन गर्न अष्ट्रेलिया  इच्छुक रहेको कुरा बताएकी हुन् ।

 

नेपाल सरकारले पनि विद्युतीय सवारी प्रवर्द्धन गर्न विभिन्न काम गरिरहेको अवस्थामा राजदूत भोल्कले विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालसँग सहकार्य गर्न अष्ट्रेलियाली सरकार इच्छुक रहेकाे उल्लेख गरिन् ।

https://unelma.io/vZJP2