नेपालको राष्ट्रिय टेलिभिजन च्यानल एपिवानको युट्युव च्यानल ह्याक भएको छ । आइतबारदेखि युट्युव च्यानल ह्याक भएको टेलिभिजनका समाचार सम्पादक टिकाराम यात्रीले जानकारी दिएका छन् ।

च्यानलमा अन्तिम भिडिओ शनिबार साझँ ७ बजे अपलोड गरिएको छ । त्यसपछि भने कुनै भिडिओ अपलोड भएका छैन ।

ह्याक भएको च्यानलमा आज (मंगलबार) बिहानसम्म केही पनि देखिएको थिएन । अहिले भने भिडिओ हेर्न सकिने भएको छ ।

अहिले च्यानलको नाममा भने ‘रिप्पल एक्सआरपी लाइभ’ (Ripple XRP [LIVE]) देख्न सकिन्छ भने लोगो पनि परिवर्तन भएको छ ।यसबाहेक अन्य थप गतिविधि भने परिवर्तन नभएको उनले बताएका छन् । रिप्पल एक्सआरपी एक क्रिप्टोकरेन्सीको नाम हो ।

दुई दिनदेखि हाम्रो युट्युव च्यानल ह्याक भएको छ । हामीले गुगल र युट्युव दुवै तर्फबाट रिपोर्ट गरेर च्यानल रिकभर गर्ने प्रयास गरिरहेका छौं,’ यात्रीले भने ।

एपीवानको युट्युव च्यानलमा सात लाख ४३ हजार सब्सक्राइबर छन् । ह्याक कसले गर्‍यो र किन गर्‍यो भन्ने विषयमा भने अहिले नै केही जानकारी आइसकेको छैन । 

अपडेट: दुई दिनदेखि ह्याकरको कब्जामा रहेको एपीवान एचडी टेलिभिजनको युट्युव च्यानल पुरानै अवस्थामा फर्किएको छ । 
https://unelma.io/TshHt